सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

शिक्षक महासंघले ५७ लाख हिनामिना गरेको भन्दै अख्तियारमा उजुरी


  •    न्युजभित्तो/७ असार २०७८, सोमबार १३:०० 
  •  काठमाडौं,७ असार । तनुहँका एक शिक्षकले नेपाल शिक्षक महासंघविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दिएका छन् । महासंघले लेबीबाट उठाएको ५७ लाख रुपैयाँ हिनामिना गरेको भन्दै तनुहँका शिक्षक रमेशबाबु भट्टराईले अख्तियार र जिल्ला प्रशासन कार्यालय काठमाडौंमा छानबिनका लागि निवदेन दिएका छन् ।

    भट्टराईले अनलाइन र प्रतिनिधिमार्फत भौतिक रुपमा आइबार निवेदन दिएको जानकारी दिए । ‘इमेल र प्रतिनिधिमार्फत उजुरी दर्ता गराएको छु,’ उनले भने, ‘६ हजार तलब खाने शिक्षकबाट उठाएको लेबीबाट भ्रष्टाचार गर्नेलाई छानबिन गरी कानूनी दायरामा ल्याउनुपर्छ भनेर उजुरी दिएको हुँ ।’

    महासंघले हिनामिना गरेको ५७ लाख तीन वर्षदेखि निरन्तर बेरुजु देखाउँदै आइरहेको र उक्त विषयमा छानबिनका लागि निवेदन दिएको भट्टराईले बताए ।

    स्थायी शिक्षक मञ्चका संयोजक समेत रहेका भट्टराईले भ्रष्टाचारीको संरक्षण गर्नु हुँदैन भनेर उजुरी गरेको बताए । उनले भने, ‘भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको नीति अनुरुप उजुरी दिएको हुँ ।’

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    प्रसूति बिदा आमालाई छ महिना, बुबालाई ४२ दिन दिने प्रस्तावसहितको विधेयक
    अपहरणमा परेको १२ दिनपछि १५ महिने बच्चाको सकुशल उद्धार
    जलवायु परिवर्तनको असर न्यूनीकरण तथा व्यवस्थापनका लागि विश्वसमुदायलाई आह्वान गरिने छ: प्रधानमन्त्री शाह
    • व्यवसाय, समाजसेवा सँगसँगै राजनीतिमा सक्रिय ढकाल
    • ठूला ढुङ्गा पन्छाएर तुइलखोलाको पहिरोमा ‘नेलिङ’ गरिँदै
    • सुदूरपश्चिममा जडीबुटीः न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै
    • समस्यामा मात्रै सम्झिने कान्ति लोकपथ

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.