सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

चैते धान भित्र्याउन नपाउँदा किसान समस्यामा


  •    न्युजभित्तो/७ असार २०७८, सोमबार ११:३९ 
  • भजनी, ७ असार । यतिबेला हुलाकी राजमार्गसँग जोडिएको कैलालीको भजनी नगरपालिका क्षेत्रमा लगाइएको चैते धानले किसानका खेत पहेँलै छन् ।

    फागुन चैतमा रोपेको धान कतै किसानलाई भित्र्याउन चटारो छ भने कतै धान रोप्न, तर केही दिनदेखि परेको अविरल वर्षाका कारण डुबानको उच्च जोखिममा रहेको भजनी क्षेत्रमा धान भित्र्याउने समयमा डुबान हुने चिन्ता किसानमा देखिएको छ ।

    बर्सातको समयमा हुने डुबानकै समस्याले किसानहरुले चैते धान रोप्न थालेको भए पनि यस वर्ष छिट्टै मनसुन शुरु हुँदा भजनीका किसानलाई समस्या भएको हो । लगातारको वर्षाले किसानहरुले लगाएको धानबाली खेतमै डुब्ने खतरा रहेको देखिएको छ ।

    भजनी–८ का स्थानीयवासी तुलाराम काफ्लेले लगातार वर्षा हुँदा लगाएको धान बाली भित्र्याउन पाइँदैन कि भन्ने चिन्ता बढ्दै गएको बताउनुभयो । “बर्सातको डुबानले बर्खे धान रोप्न वञ्चित हामीले रोपेको चैते धानलाई समेत भित्र्याउन मौसमले चुनौती दिइरहेको छ”, काफ्लेले भन्नुभयो, “केही अगाडि धान रोपेका किसानहरुले भित्र्याएको धान पनि सुकाउन नपाउँदा ढुसी पर्ने अवस्था छ ।”

    त्यसैगरी भजनीका जयप्रसाद ढुङ्गानाले अधिकांश किसानले धान भित्र्याउन नपाएकाले मौसमले साथ नदिए किसानहरूलाई धान भित्र्याउन निकै चुनौती हुने बताउनुभयो । “बर्सातले बाढीको जोखिम बढ्दै गएको छ । गहिरो ठाउँमा त बाढीले छोइसकेको अवस्था छ”, उहाँले भन्नुभयो, “बर्सातमा धान नरोप्ने किसानका लागि चैते धान राम्रो भएको थियो । यस्तै भए खाद्यान्न कमी हुने चिन्ता पनि केही किसानमा देखिन थालेको छ ।”

    वडा नं ८ सुनाफाँटाका किसान राधा ढुङ्गानाले यस वर्ष करीब दुई बिघा क्षेत्रफलमा चैते धान खेती गरेको बताउँदै धान काट्ने अवस्था भए पनि मौसमका कारण भित्र्याउन नपाएको गुनासो गर्नुभयो । “पाकेर तयार भएको धान समयमा घरमा भित्र्याउन हतार थियो । अहिले लगातार वर्षाले चैते भित्र्याउन नदिने हो कि भनेर डरले मन थाम्नै गाह्रो छ”, राधाले भन्नुभयो, “तयारी भएको धान वर्षाअघि भित्र्याउनु पर्ने भएकाले हामी धान काट्न व्यस्त थियौँ । वर्षा हुन थालेपछि खेतमा पानी पसिसकेको छ ।”

    भजनी–३ का चन्द्रबहादुर साउदले पनि लगाएको चैते धान भित्र्याउन पाउनुभएको छैन । आजभोलि भित्र्याउने तयारीमा रहनुभएका साउदलाई पनि बर्सातले धान थन्क्याउन रोकेको छ । “केही धान भित्र्याउन सफल भएका थियौँ । बढीजसो खेतमै छ”, साउदले भन्नुभयो, “भित्र्याएको धान सुकाउन नपाएर ढुसी पर्न थालिसक्यो, खेतको धान पानीका कारण खेतमै कुहिन थालिसक्यो ।” भजनीका अधिकांश किसानले चैते धान खेती लगाएका छन् ।

    भजनी–१ देखि ९ सम्मका किसानले धानबाली बाढीले नोक्सान गर्ने भएकाले चैते धान बढी उत्पादन हुने भएका कारण फागुन चैतमा धान रोप्ने गरेका छन । यो धान बर्खे धानभन्दा बढी उत्पादन हुने भएकाले बर्सेनि किसानहरूमा चैते धानप्रति आकर्षण बढ्दै गएको पाइन्छ । यो वर्ष भजनीमा करीब ५०० बिघा क्षेत्रफलमा चैते धानको खेती भएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    प्रसूति बिदा आमालाई छ महिना, बुबालाई ४२ दिन दिने प्रस्तावसहितको विधेयक
    अपहरणमा परेको १२ दिनपछि १५ महिने बच्चाको सकुशल उद्धार
    जलवायु परिवर्तनको असर न्यूनीकरण तथा व्यवस्थापनका लागि विश्वसमुदायलाई आह्वान गरिने छ: प्रधानमन्त्री शाह
    • व्यवसाय, समाजसेवा सँगसँगै राजनीतिमा सक्रिय ढकाल
    • ठूला ढुङ्गा पन्छाएर तुइलखोलाको पहिरोमा ‘नेलिङ’ गरिँदै
    • सुदूरपश्चिममा जडीबुटीः न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै
    • समस्यामा मात्रै सम्झिने कान्ति लोकपथ

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.