सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

किसानकै गोठमै पुगेर वडाले निःशुल्क गरिदियो पशु बीमा


  •    न्युजभित्तो/७ असार २०७८, सोमबार ११:३४ 
  • झापा, ७ असार । शिवसताक्षी नगरपालिका–६ ले १६० घर परिवार कृषकको निःशुल्क पशु बीमा गरिदिएको छ । वडाका बासिन्दाको व्यावसायिक पशुपालनबाट आयआर्जन वृद्धि गराउन सहयोग पु¥याउने उद्देश्यले पशुको बीमा गर्ने अभियान चलाइएको वडाध्यक्ष मनोज कार्कीले बताउनुभयो ।

    उहाँका अनुसार ‘एक घर एक पशु बीमा’ कार्यक्रम लागू भएको छ । किसानले पालेको गाई, भैँसी, बाख्रा, बङ्गुरलगायतका निःशुल्क पशुको बीमा गरिरहेको र बीमा गरेवापतको सबै रकम बीमा कम्पनीलाई वडाले भुक्तानी दिने उहाँले बताउनुभयो ।

    वडाको अधिकांश किसानका घरमा उन्नत जातका गाई छन् । चन्द्रडाँगी बीउबिजन केन्द्रमा केही वर्षपहिले नश्ल सुधारका लागि राखिएको बीउ साँढेका कारण बस्तीमा उन्नत जातका गाईपालन फस्टाएको उहाँले बताउनुभयो ।

    कम्पनीका अभिकर्ता लक्ष्मीप्रसाद नेपालले शुरुमा किसानले नबुझेर बीमा गर्न नमाने पनि अहिले आफैँ फोन गरेर उहाँहरुले बोलाउने गरेको बताउनुभयो । उहाँका अनुसार बजारमा रु ९५ हजारसम्म पर्ने गाईको रु ७५ हजारसम्मको बीमा गर्ने गरिएको छ । स्थानीय किसान शर्मिलाले विकले भन्नुभयो, “न आफूले कुनै बीमावापतको रकम नै तिर्नुप¥यो न अब बस्तु मरे भने ऋणमा डुबिन्छ भनेर चिन्ता नै गर्नुप¥यो, ढुक्क भइयो ।” यसबाट किसानलाई राहत मिलेको उहाँको भनाइ छ ।

    बीमा एनएलजी कम्पनीले गरिरहेको छ । पशुको स्वास्थ्य परीक्षणसमेत निःशुल्क स्थानीय पशु प्राविधिक प्रेमबहादुर पौडेलले गरिरहेको वडा कार्यालयले जनाएको छ । वडाले आह्वान गरेको सूचना र किसानले दिएको निवेदनका आधारमा किसानले पालेका पशुको बीमा गरिएको हो । अगामी वर्ष पनि किसानलाई हौसला र उत्साह प्रदान गर्न कार्यक्रमलाई निरन्तरता दिने वडाध्यक्ष कार्कीको भनाइ छ ।

    वडाध्यक्ष आफैँ पशु बीमाका लागि बीमा कम्पनीका अभिकर्तालाई लिएर किसानको गोठगोठमा पुग्ने गर्नुभएको छ । पशु बीमा गरेपछि एक वर्षभित्र पशु दुर्घटना तथा रोग लागेर मरेमा बीमाङ्कको ९० प्रतिशत रकम कम्पनीले किसानका घरमै पुगेर भुक्तानी दिनेछ ।

    पशुपालनको जोखिम घटाउन, किसानलाई पशुपालनतर्फ प्रोत्साहन गर्न, नश्ल सुधार गर्न, वडालाई दूध, दही तथा घ्यूमा आत्मनिर्भर बनाउनका लागि वडामा बीमा कार्यक्रम सञ्चालन गरिएको वडाध्यक्ष कार्कीले जानकारी दिनुभयो ।

    पशु बीमा गर्दा बीमा कम्पनीले सिरियल नम्बरसहितको ट्याग पशुका कानमा लगाइदिन्छन् । बीमा दाबी भुक्तानी लिन किसानले पशु मरेको बारे तीन दिनभित्र कम्पनीमा जानकारी दिनुपर्ने कानूनी व्यवस्था छ । मरेको पशु गाडेको वा जलाएको प्रमाणसहित पशु प्राविधिकको सिफारिसपत्र कम्पनीमा पेश गरेपछि कम्पनीले दावी भुक्तानी दिने व्यवस्था छ । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    प्रसूति बिदा आमालाई छ महिना, बुबालाई ४२ दिन दिने प्रस्तावसहितको विधेयक
    अपहरणमा परेको १२ दिनपछि १५ महिने बच्चाको सकुशल उद्धार
    जलवायु परिवर्तनको असर न्यूनीकरण तथा व्यवस्थापनका लागि विश्वसमुदायलाई आह्वान गरिने छ: प्रधानमन्त्री शाह
    • व्यवसाय, समाजसेवा सँगसँगै राजनीतिमा सक्रिय ढकाल
    • ठूला ढुङ्गा पन्छाएर तुइलखोलाको पहिरोमा ‘नेलिङ’ गरिँदै
    • सुदूरपश्चिममा जडीबुटीः न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै
    • समस्यामा मात्रै सम्झिने कान्ति लोकपथ

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.