सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

टिपरले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु


  •    न्युजभित्तो/७ असार २०७८, सोमबार ११:२४ 
  •  कास्की,७ असार  । पोखरा-बाग्लुङ सडकखण्डमा टिपरले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ ।

    मृत्यु हुनेमा पर्वतको भुकताङले बस्ने ३२ वर्षीय विनोद मल्ल र अर्का अन्दाजी ४४/४५ वर्षीय पुरुषको परिचय खुल्न बाँकी रहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

    दुर्घटनामा गम्भीर घाइते मोटरसाइकलमा सवार दुवैजनालाई उपचारका लागि पोखरा ल्याइएको थियो । उनीहरुको उपचारका क्रममै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीका नायब उपरीक्षक (डीएसपी) सुवास हमालले जानकारी दिए ।

    डीएसपी हमालका अनुसार पर्वतबाट पोखरातर्फ आउँदै गरेको प्रदेश नं ३-०१-००३ क ५१७३ नम्बरको टिपरले पोखराबाट पर्वत जाँदै गरेको ग२०प ६०३० नम्बरको मोटरसाइकललाई आइतबार साँझ कास्कीको अन्नपूर्ण गाउँपालिका-३ स्थित पोखरा-बाग्लुङ सडकखण्डको लक्ष्मीदेउराली पत्थरढुङ्गामा ठक्कद दिएको हो ।

    टिपर चालक सिन्धुपाल्चोक इन्द्रावती गाउँपालिका-१० बस्ने २५ वर्षीय सुरेश माझी र दुवै सवारी साधनलाई नियन्त्रणमा लिइएको र घटनाको अनुसन्धान भइरहेको डीएसपी हमालले बताए ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    नाटा रनिङ्ग शिल्ड जनप्रियलाई
    विकासका समस्या पहिचान गरी समाधान गर्न मन्त्रालय प्रतिबद्ध छः मन्त्री तामाङ
    राष्ट्रपति भेट्न शीतल निवास पुगे प्रधानमन्त्री बालेन
    • गुणस्तरीय शिक्षा नै मुख्य लक्ष्य हुनुपर्छ : मन्त्री तामाङ
    • राष्ट्रपति पौडेल र रास्वपा सभापति लामिछानेबीच भेट
    • चितवनका ८३ परिवारलाई जग्गाधनी प्रमाणपत्र वितरण
    • विद्यार्थीका गुनासा सुनेर सम्बोधन गर्ने मन्त्री तामाङको प्रतिबद्धता

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.