सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

खेल मैदान निर्माणमा विवाद हुँदा वडा कार्यालयमा तालाबन्दी


  •    न्युजभित्तो/७ असार २०७८, सोमबार १०:२६ 
  • डोटी, ७ असार । जिल्लाको पूर्वीचौकी गाउँपालिका–५ काडामाण्डौको वडा कार्यालयमा तालाबन्दी गरिएको छ । खेल मैदान निर्माणमा एकलौटी उपभोक्ता समिति बनाएर अनुपयुक्त ठाउँमा निर्माण गर्न लागेको भन्दै स्थानीयवासीले ताला बन्दी गरेका हुन् ।

    गाउँपालिकास्तरीय खेल मैदान निर्माणका लागि रु ३० लाख बजेट विनियोजन गरिएको थियो । गाउँपालिकाको क्रमागत योजनामा रहेको उक्त खेल मैदान निर्माणमा विवाद सिर्जना भएपछि स्थानीयवासीले काम रोक्न माग गर्दै ताला लगाएको स्थानीयवासी खडक साउदले जानकारी दिनुभयो । विवाद समाधानपछि मात्रै काम शुरु गर्नुपर्ने, उपभोक्ता समितिमा हेरफेर गर्नुपर्ने र सबैलाई पायक पर्ने ठाउँमा मैदान निर्माण गर्नुपर्र्ने स्थानीयवासीको माग छ ।

    सामुदायिक वनमा निर्माण हुँदै गरेको उक्त खेल मैदान एकलौटीरूपमा उपभोक्ता समिति बनाएर वडा कार्यालयको सिफारिसविना निर्माण गर्न लागिएको स्थानीयवासीको आरोप छ । खेल मैदान सबैको पायक पर्ने ठाउँ काडामाण्डौं मावि वा सोही नजिकको सामुदायिक वनमा बनाउनु पर्नेमा गाउँपालिका अध्यक्षको घरनजिकको सामुदायिक वनमा बनाएको भ

    न्दै स्थानीयवासीले ताला लगाएको वडाअध्यक्ष पदमबहादुर धानुकले जानकारी दिनुभयो । असार मसान्त सकिनै लाग्दा गाउँपालिकाले हतार हतारमा उक्त योजनाको शुरुआत गरेका कारण पनि अहिले विवाद शुरु भएको अर्का स्थानीयवासी गम्भीर खड्काले जानकारी दिनुभयो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    प्रसूति बिदा आमालाई छ महिना, बुबालाई ४२ दिन दिने प्रस्तावसहितको विधेयक
    अपहरणमा परेको १२ दिनपछि १५ महिने बच्चाको सकुशल उद्धार
    जलवायु परिवर्तनको असर न्यूनीकरण तथा व्यवस्थापनका लागि विश्वसमुदायलाई आह्वान गरिने छ: प्रधानमन्त्री शाह
    • व्यवसाय, समाजसेवा सँगसँगै राजनीतिमा सक्रिय ढकाल
    • ठूला ढुङ्गा पन्छाएर तुइलखोलाको पहिरोमा ‘नेलिङ’ गरिँदै
    • सुदूरपश्चिममा जडीबुटीः न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै
    • समस्यामा मात्रै सम्झिने कान्ति लोकपथ

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.