सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

रत्ननगरको नीति तथा कार्यक्रम : किसान प्रोत्साहनका लागि ‘पेडा पसल’ खोल्नेदेखि खोप खरिदसम्म


  •    न्युजभित्तो/६ असार २०७८, आईतवार १६:५४ 
  • चितवन, ६ असार । चितवनको ठूलो नगरपालिका रत्ननगर नगरपालिकाले कृषकहरुको उत्थानका लागि पेडा पसल सञ्चालन गर्ने भएको छ ।

    आगामी आर्थिक वर्षका लागि आज सार्वजनिक नीति तथा कार्यक्रममा ‘नयाँ बाजेको पेडा पसल’ सञ्चालन गर्ने उल्लेख छ ।

    दूधबाट पेडा, खुवालगायतका पदार्थ बनाइ बेचबिखन गर्न पशुपालक कृषक सदस्य भएको सहकारीसँग लागत साझेदारीमा पेडा पसल सञ्चालन गर्न प्रोत्साहन स्वरुप बजेट बिनियोजन गरिएको रत्ननगर नगरपालिका प्रमुख नारायण वनले नीति तथा कार्यक्रम प्रस्तुतिमा बताए ।

    पेडाका लागि सर्लाहीको बरमझिया चर्चित मानिन्छ । दूधको विविधीकरण गरी कृषकहरुको आम्दानी बढाउने उद्देश्यले नगरपालिकाले नयाँ कार्यक्रम ल्याउन लागेको नगर प्रमुख वनले बताए । कोभिडका कारण दूध र दुग्धजन्य पदार्थ बेचबिखनमा समस्या देखिएकाले दूधबाट पाउडर दूध बनाउने कारखाना रत्ननगर–९ मा यस अगाडिनै व्यवस्था गरिएको जग्गामा स्थापना गर्न प्रदेश सरकारसँग अनुरोध गर्ने समेत नगरपालिकाले जनाएको छ ।

    पशुपालक किसानलाई प्रोत्साहन तथा वैकल्पिक उर्जा प्रवद्र्धनका लागि गोबर ग्यास अनुदान कार्यक्रम सञ्चालन गरिनुका साथै व्यक्तिगत वा सामूहिकरुपमा ५० बढी गाइभैसी पालन गर्नेहरुलाई प्रोत्साहन गरिने नीति लिइएको नगर प्रमुख वनले जानकारी दिए ।

    कोभिडविरुद्धको खोप सुनिश्चित गरी नगरवासी सबैमा खोप लगाइने नीति लिएको रत्ननगरले नेपाल सरकारबाट प्राप्त खोप अपुग भएमा नगरपालिका स्वयम्ले खरिद गरी खोप लगाउने व्यवस्था मिलाउने जनाएको छ ।

    समयमै स्वास्थ्य सेवा प्राप्त गर्ने अधिकारलाई सुनिश्चित गर्दै नगरमा थप एक एक थान एम्बुलेन्स र शव बहानको व्यवस्था गरिने कार्यक्रम राखिएको छ । नगरका युवाहरुलाई उत्प्रेरित गरी सामाजिक तथा उद्यमशिलताको क्षेत्रमा आकर्षण गर्न हरेक वर्ष अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा पाँच जना युवाहलाई नगर आर्दश युवा पुरस्कार दिई सम्मान गरिने नगरपालिकाले जनाएको छ ।

    पत्रकारिता क्षेत्रमा आवद्ध पत्रकारहरुको क्षमता अभिवृद्धि गर्दै पत्रकार आचारसंहिता,पत्रकारिताको महत्व र चुनौतीलगायतका विषयमा जानकारी गराउन प्रशिक्षण कार्यक्रम सञ्चालन गरिनुका साथै नगरका क्रियाशील पत्रकारलाई लजिस्टिक सर्पोट लगायत अन्य सहयोग गरी विकासका लागि सञ्चार भन्ने अभियानका साथ उपप्रमुखसँग सञ्चारकर्मी कार्यक्रम सञ्चालन गरिने नगरपालिकाले ल्याएको नीति तथा कार्यक्रममा उल्लेख छ ।

    नगर सभामा विषयगत समितिका संयोजकहरुबाट प्रतिवेदन समेत प्रस्तुत गरिएको थियो । न्यायिक समिति, राजश्व परामर्श समिति र अनुगमन समितिबाट संयोजक तथा नगर उपप्रमुख विमला दुवाडी, विधायन समितिबाट संयोजक तिलकराज शर्मा, पूर्वाधार विकास समितिबाट संयोजक हरिकुमार श्रेष्ठ, वन, वातावरण तथा विपद् व्यवस्थापन समितिबाट संयोजक बलराम दाहाल, सामाजिक विकास समितिबाट संयोजक केशव आचार्य, आर्थिक विकास समितिबाट संयोजक गुप्तनाथ भट्टराई, लेखा समितिबाट संयोजक लालबहादुर भट्ट, सार्वजनिक सेवा तथा क्षमता विकास समितिबाट संयोजक चित्रबहादुर श्रेष्ठले प्रस्तुत गरेको प्रतिवेदनमा छलफल भएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    प्रसूति बिदा आमालाई छ महिना, बुबालाई ४२ दिन दिने प्रस्तावसहितको विधेयक
    अपहरणमा परेको १२ दिनपछि १५ महिने बच्चाको सकुशल उद्धार
    जलवायु परिवर्तनको असर न्यूनीकरण तथा व्यवस्थापनका लागि विश्वसमुदायलाई आह्वान गरिने छ: प्रधानमन्त्री शाह
    • व्यवसाय, समाजसेवा सँगसँगै राजनीतिमा सक्रिय ढकाल
    • ठूला ढुङ्गा पन्छाएर तुइलखोलाको पहिरोमा ‘नेलिङ’ गरिँदै
    • सुदूरपश्चिममा जडीबुटीः न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै
    • समस्यामा मात्रै सम्झिने कान्ति लोकपथ

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.