सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

सञ्चार माध्यम खोल्ने वाग्मती प्रदेश सरकारको निर्णय फिर्ता लिन पत्रकार महासंघको माग


  •    न्युजभित्तो/६ असार २०७८, आईतवार १६:२५ 
  • चितवन, ६ असार । वाग्मती प्रदेश सरकारले आफै सञ्चारमाध्यम खोल्ने र निजी क्षेत्रबाट सञ्चालित सञ्चार माध्यमलाई बेवास्ता गर्नेगरी शुरु गरेको क्रियाकलापको विरोध गर्दै नेपाल पत्रकार महासंघ चितवनले ज्ञापनपत्र बुझाएको छ ।

    महासंघले आइतबार चितवनका प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेमार्फत वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेललाई ज्ञापनपत्र बुझाएको हो ।

    निजी तथा सामुदायिक स्तरबाट सञ्चालित सञ्चारमाध्यमको घाँटी निमोठेर स्वतन्त्र प्रेस र नागरिकका आवाजलाई दबाउने मनसायले लोकतन्त्रको मूल्य मान्यतालाई समेत उपहास हुनेगरी आफैले सञ्चार माध्यम खोल्न बजेट विनियोजन गरेकोप्रति गम्भीर ध्यानाकर्षण भएको महासंघ चितवनका अध्यक्ष नारायण अधिकारीले बताउनुभयो ।

    अन्य प्रदेश सरकारले सञ्चार जगतको संरक्षण, प्रवद्र्धन तथा क्षमता अभिवृद्धिका लागि पुँजीगत अनुदानदेखि लोककल्याणकारी विज्ञापनमा समेत बजेट विनियोजन गरेको भन्दै अध्यक्ष अधिकारीले वाग्मती प्रदेश सरकारले भने आफैले सञ्चार माध्यम सञ्चालन गर्नेगरी १० करोड रुपैयाँ विनियोजन गरेको भन्दै यसले निजी तथा सामुदायिक सञ्चारगृह धराशायी हुने बताउनुभयो । जनताको सेवामा समर्पित हुनुपर्नेमा आफै सञ्चार गृह खोल्नतिर लाग्नुले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई कुण्ठित बनाउने दिशामा प्रदेश सरकार अघि बढेको अधिकारीले बताउनुभयो ।

    सञ्चार माध्यमको प्रवद्र्धन र सञ्चारकर्मीको हितमा बजेट ल्याउन माग गर्दै सञ्चार आफैले सञ्चार गृह सञ्चालन गर्ने निर्णय फिर्ता लिन माग गर्दै ज्ञापन पत्र बुझाइएको हो । वाग्मती प्रदेश सरकारले उक्त निर्णय फिर्ता नलिएमा महासंघ आन्दोलनमा उत्रन बाध्य हुने बताइएको छ ।

    देशभर दर्ता भएर सञ्चालनमा आएका पत्रपत्रिका, रेडियो, टेलिभिजन र अनलाइन सञ्चारमाध्यममध्ये ६६ प्रतिशत सञ्चार माध्यम वाग्मती प्रदेशमा छने भने महासंघको कुल सदस्य संख्याको ४८ प्रतिशत सदस्य वाग्मती प्रदेशमै रहेका छन् । ज्ञापनपत्र बुझ्दै चितवनका प्रमुख जिल्ला अधिकारी लामिछानेले आफूले सो ज्ञापनपत्र तुरुन्तै मुख्यमन्त्री कार्यालयमा पठाउने बताउनुभयो ।

    महासंघ चितवनका अध्यक्ष अधिकारीसहित उपाध्यक्ष प्रकाशमणि ज्ञवाली, सचिव दीपेन्द्र अधिकारी, सहसचिव आनन्द पोखरेल र कोषाध्यक्ष राजेन्द्र आचार्यको टोलीले प्रमुख जिल्ला अधिकारी मार्फत ज्ञापनपत्र बुझाएको हो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    प्रसूति बिदा आमालाई छ महिना, बुबालाई ४२ दिन दिने प्रस्तावसहितको विधेयक
    अपहरणमा परेको १२ दिनपछि १५ महिने बच्चाको सकुशल उद्धार
    जलवायु परिवर्तनको असर न्यूनीकरण तथा व्यवस्थापनका लागि विश्वसमुदायलाई आह्वान गरिने छ: प्रधानमन्त्री शाह
    • व्यवसाय, समाजसेवा सँगसँगै राजनीतिमा सक्रिय ढकाल
    • ठूला ढुङ्गा पन्छाएर तुइलखोलाको पहिरोमा ‘नेलिङ’ गरिँदै
    • सुदूरपश्चिममा जडीबुटीः न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै
    • समस्यामा मात्रै सम्झिने कान्ति लोकपथ

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.