सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

नासोँ पहिरो : अझै पुग्न सकेनन् सुरक्षाकर्मी


  •    न्युजभित्तो/६ असार २०७८, आईतवार १६:१४ 
  • मनाङ, ६ असार । मनाङको नासों गाउँपालिकाको बाढीपहिराबाट क्षतिग्रस्त क्षेत्रमा अहिलेसम्म सुरक्षा निकाय पुग्न सकेको छैनन् । यही असार १ गतेदेखि परेको अविरल वर्षाका कारण सो क्षेत्रका स्थानीयवासी विस्थापित भएका बताइएको छ । एक स्थानबाट अर्को स्थानमा जानै नसकिने गरी बाढीपहिराले नासों क्षेत्रलाई कटान गरेपछि सम्बन्ध विच्छेद नै बनाइदिएको छ ।

    नासो–१ ताल गाउँ, ३ धारापानी, ४ ओडार, ५ थोँचे, ६ र ७ तिल्चे र ८ ताचै बाढीपहिराबाट सबैभन्दा धेरै प्रभावित भएको क्षेत्र हो । प्रभावित स्थानको केही सुरक्षित स्थानमा बसेका स्थानीयवासीमा विभिन्न समस्या देखापर्न थालेको छ ।

    पहिलो चरणमा नै प्रभावित क्षेत्रमा खाद्यान्न र खानेपानीको समस्या आएको स्थानीय बासिन्दाले बताएका छन् । बाढीपहिराबाट स्थानीय विस्थापित भएको आज ६ दिन बितिसकेको छ । जिल्लाका कुनै पनि सुरक्षा निकाय स्थलगत निरीक्षणमा नआएको स्थानीयवासीले गुनासो गरेका छन् ।

    वर्षाको शुरुआतमै जिल्लालाई बाढीपहिराले उठीबास लगाएको हो । बाढीपीडित परिवारले बाढीपहिराले वितण्डा मच्चाएको र अबका दिन आफूहरू कहाँ बस्ने, के गर्ने भन्ने विषयमा सोच्न नसकेको बताएका छन् । पीडितले तत्कालका लागि भए तापनि गाँस, बास र कपासका खाँचो भएको रहेको जनाउँदै सहयोगका लागि सरकार र दाताहरूसँग हारगुहार मागिरहेका छन् ।

    सशस्त्र प्रहरी बल नं ३२ गुल्म, नेपाली सेना र नेपाल प्रहरीको संयुक्त टोली उक्त स्थानमा जाने प्रयास भइरहेको र निरन्तर वर्षाले अबरोध पु¥याएको जनाइएको छ ।

    जिल्लाको तल्लो भेगमा गत मङ्गलबार मस्र्याङ्दी नदीमा आएको बाढील बस्तीहरू डुबानमा परेको छ । अहिले बस्ती सबै बगरमा परिणत भएको प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेले बताउनुभयो । जिल्लाको चार स्थानीय तहमध्ये तीन स्थानीय तहमा पूर्णरूपमा क्षति पुगेको छ ।

    जिल्लाको विभिन्न स्थानमा रहेका आठ झोलुङ्गे र दुईवटा पक्की पुल बाढीपहिराले बगाएको उहाँले बताउनुभयो । जिल्लामा पहिलोपटक विभिन्न स्थानीय खोला र मस्र्याङ्दीमा आएको बाढीपहिराबाट ठूलो क्षति भएको यहाँका स्थानीयवासीले बताएका छन् । पुलमात्र होइन यहाँ जलविद्युत्, सडक, सञ्चारका तार पनि बाढीले बगाएर लगेको छ । यहाँका सरकारी कार्यालय, वित्तीय संस्था, होटेल, टहरा र घरहरूमा पूर्णरूपमा क्षति पु¥याएको छ । बाढीले पुल, सडक बगाएपछि यातायातका बाटो पूर्णरूपमा सम्बन्ध विच्छेद भएको छ । जिल्लाभरि दुई सय घरपरिवारका एक हजार नागरिक पूर्णरूपमा विस्थापित भएको प्रशासनले जनाएको छ ।

    ७० प्रतिशत सडकमा क्षति

    बाढीपहिराका कारण यहाँ करीब ७० प्रतिशत सडकमा क्षति पुगेको छ । यस वर्षको मनसुनको शुरुआतमै अत्यधिक वर्षा हुँदा जिल्लामा व्यापक क्षति पुगेको हो । पहिराको जोखिम अझै कायमै रहेको प्रहरीले जनाएको छ ।

    यसैबीच चामे गाउँपालिका वडा नं ४ र ५ मा थुनिएको मस्र्याङ्दी नदी खोलिएको छ । सशस्त्र प्रहरी र स्थानीय प्रशासनको समन्वयमा थुनिएको नदी खुलाइएको हो । शनिबार दिउँसो वडा नं ४ र ५ जोड्ने मस्र्याङ्दी नदी थुनिँदा चामेबजार जाने ठूलो पुल जोखिममा रहेको थियो । निरन्तर वर्षा भइरहँदा चामेबजार जाने ठूलो पुल नजीक पहिरो खस्दा मस्र्याङ्दी नदी थुनिएको थियो ।

    तत्कालका लागि जोखिम टरे पनि जोखिम भने कायम नै रहेको प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेले बताउनुभयो । चामेको बजार क्षेत्र हुँदै झरेको घट्टेखोलाले ढुङ्गामाटो र काठदाउरा बगाएर ल्याएपछि नदी थुनिएको थियो । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    प्रसूति बिदा आमालाई छ महिना, बुबालाई ४२ दिन दिने प्रस्तावसहितको विधेयक
    अपहरणमा परेको १२ दिनपछि १५ महिने बच्चाको सकुशल उद्धार
    जलवायु परिवर्तनको असर न्यूनीकरण तथा व्यवस्थापनका लागि विश्वसमुदायलाई आह्वान गरिने छ: प्रधानमन्त्री शाह
    • व्यवसाय, समाजसेवा सँगसँगै राजनीतिमा सक्रिय ढकाल
    • ठूला ढुङ्गा पन्छाएर तुइलखोलाको पहिरोमा ‘नेलिङ’ गरिँदै
    • सुदूरपश्चिममा जडीबुटीः न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै
    • समस्यामा मात्रै सम्झिने कान्ति लोकपथ

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.