सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

पर्सामा असार १३ गतेसम्म निषेधाज्ञा थप्‍न सिफारिस


  •    न्युजभित्तो/६ असार २०७८, आईतवार १६:०० 
  •  वीरगञ्ज,६ असार । पर्सामा असार १३ गतेसम्म निषेधाज्ञालाई जारी राख्न सिफारिस गरिएको छ । जिल्ला कोभिड व्यवस्थापन समितिको आईतबार बसेको बैठकले केही परिमार्जनसहित निषेधाज्ञा जारी राख्ने निर्णय गरेको छ ।

    कोरोना संक्रमण नियन्त्रण तथा रोकथामका लागि निषेधाज्ञा प्रभावकारी देखिएको र जिल्लामा संक्रमण घट्दो क्रममा रहेकोले परिमार्जन सहित निषेधाज्ञा जारी राख्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरेले बताए ।

    अनका अनुसार समितिले आवश्यक सेवाका साथै स्वास्थ्य सुरक्षाका मापदण्डको अनिवार्य पालना गराई स्थानीय तह अनुसार आलोपालो मिलाई मानिसको भिडभाड नहुने गरी सरकारी, सार्वजनिक, नीजि कार्यालयहरुले सेवा प्रवाह गर्न र कार्य सञ्चालन गर्न गराउन पाउनेछन् ।

    साथै खाद्य वस्तु औषधि र स्वास्थ्य सेवासँग सम्बन्धित पसल नियमित सञ्चालन गर्ने र बाँकी अन्य सबै पसलहरु बिहान १० बजेदेखि ५ बजेसम्म जनस्वास्थ्य सुरक्षाका मापदण्डको अनिवार्य पालना गरी गराई खोलन पाइने व्यवस्था गरिएको छ ।

    होटल एवं रेष्टुरेन्ट स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरी टेह अवे सेवा र होम डेलीभरी गर्ने गरि सञ्चालन गर्न सकिने प्रशासनले जनाएको छ ।

    सभा, सम्मेलन, गोष्ठी, तालिम, सेमिनार हल, पार्टी प्यालेस, स्वीमिङ पुल, सपिङ मल, मनोरञ्जनस्थल, सैलुन, व्युटी पार्लर, जिमखाना लगायत समूहमा खेलिन खेदलकुद, पुस्तकालय, शैक्षिक संस्थाहरु भने सञ्चालन गर्न नपाईने उल्लेख छ । पर्सामा वैशाख १६ गतेदेखि नै निषेधाज्ञा जारी छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    प्रसूति बिदा आमालाई छ महिना, बुबालाई ४२ दिन दिने प्रस्तावसहितको विधेयक
    अपहरणमा परेको १२ दिनपछि १५ महिने बच्चाको सकुशल उद्धार
    जलवायु परिवर्तनको असर न्यूनीकरण तथा व्यवस्थापनका लागि विश्वसमुदायलाई आह्वान गरिने छ: प्रधानमन्त्री शाह
    • व्यवसाय, समाजसेवा सँगसँगै राजनीतिमा सक्रिय ढकाल
    • ठूला ढुङ्गा पन्छाएर तुइलखोलाको पहिरोमा ‘नेलिङ’ गरिँदै
    • सुदूरपश्चिममा जडीबुटीः न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै
    • समस्यामा मात्रै सम्झिने कान्ति लोकपथ

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.