सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

कांग्रेसद्वारा पूर्वराज्यमन्त्री विष्टको निधनप्रति दुःख व्यक्त


  •    न्युजभित्तो/६ असार २०७८, आईतवार १५:३५ 
  • काठमाडौँ, ६ असार ।  नेपाली कांग्रेस संसदीय दलले पूर्वराज्यमन्त्री तथा पार्टीका नेता एवं संविधानसभा सदस्य तप्तबहादुर विष्टको निधनप्रति दुःख व्यक्त गरेको छ ।

    उहाँको शनिबार राति निधन भएको हो । कांगे्रस राष्ट्रियसभा संसदीय दलका प्रमुख सचेतक अनिता देवकोटाले आज शोक विज्ञप्तिमार्फत नेता विष्टको निधनप्रति दुःख व्यक्त गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गर्नुभएको छ । विसं २०२० मा अछाममा जन्मनुभएका नेता विष्टले नेपालमा भएको हरेक लोकतान्त्रिक आन्दोलनहरुमा नेतृत्वदायी भूमिका निर्वाह गर्नुभएको थियो । आन्दोलनका क्रममा उहाँ पटक–पटक गिरफ्तारसमेत हुनुभएको कांग्रेसले जनाएको छ ।

    कांग्रेसका विभिन्न तहमा रहेर पार्टीलाई अतुलनीय योगदान पु¥याउँदै आउनुभएका विष्ट लामो समयसम्म कांग्रेस सुर्खेत जिल्लाका सभापति हुनुहुन्थ्यो । नेता विष्ट २०७० सालको संविधान सभा निर्वाचनमा कांग्रेसका तर्फबाट सुर्खेत निर्वाचन क्षेत्र नं ३ बाट निर्वाचित हुनुभएको थियो ।

    उक्त कार्यकालमा उहाँले सूचना तथा सञ्चार राज्यमन्त्रीको पद जिम्मेवारीपूर्वक निर्वाह गर्नुभएको थियो । सरल र मिलनसार स्वभावका स्व विष्ट इमान्दार एवं विकासप्रेमी नेताका रुपमा परिचित हुनुहुन्थ्यो । उहाँको निधनले नेपाली कांग्रेसले पार्टीलाई अपूरणीय क्षति पुगेको उल्लेख गरेको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    प्रसूति बिदा आमालाई छ महिना, बुबालाई ४२ दिन दिने प्रस्तावसहितको विधेयक
    अपहरणमा परेको १२ दिनपछि १५ महिने बच्चाको सकुशल उद्धार
    जलवायु परिवर्तनको असर न्यूनीकरण तथा व्यवस्थापनका लागि विश्वसमुदायलाई आह्वान गरिने छ: प्रधानमन्त्री शाह
    • व्यवसाय, समाजसेवा सँगसँगै राजनीतिमा सक्रिय ढकाल
    • ठूला ढुङ्गा पन्छाएर तुइलखोलाको पहिरोमा ‘नेलिङ’ गरिँदै
    • सुदूरपश्चिममा जडीबुटीः न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै
    • समस्यामा मात्रै सम्झिने कान्ति लोकपथ

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.