सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

मेलम्चीमा राहत वितरणमा लफडा ! बाढीपीडित बसेको ठाउँमा प्रवेश निषेध


  •    न्युजभित्तो/६ असार २०७८, आईतवार १३:२९ 
  •  मेलम्ची, ६ असार। राहत वितरण गर्न जानेले एक बोरा चामल दिएको पनि फोटो खिच्न थालेपछि सिन्धुपाल्चोक मेलम्चीवासीले असन्तुष्टि जनाएका छन् ।

    बिहीबार एमाले निकट अनेरास्ववियूले राहत वितरण गर्दा घम्साघम्सी नै भयो । पार्टीको ब्यानर राखेको भन्दै स्थानीयले विरोध जनाए । स्थानीयले पार्टीको ब्यानर पनि च्यातिदिए ।

    स्थितिलाई नियन्त्रणमा लिन नेपाल प्रहरी र सशस्त्र प्रहरीले नै हस्तक्षेप गर्नुपर्‍यो। विवाद भएपछि हाल बाढी पीडितलाई राखिएको इन्द्रेश्वरी माविमा पीडितबाहेक अन्यलाई प्रवेश निषेध गरिएको सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी अरुण पोखरेलले बताए ।

    मेलम्ची नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमृतकुमार धिताल पनि राहत वितरणलाई व्यवस्थित गर्न खोजिएको बताउँछन् ।

    ‘वडाध्यक्षमार्फत पीडितको यकिन विवरण संकलन गरिरहेका छौं,’ उनले भने, ‘विवरण आएपछि पीडितलाई अस्थायी परिचय पत्र दिएर वितरण गर्ने तयारी छ ।’ त्यही कार्डको आधारमा विद्यालयबाट उनीहरुलाई आउजाउ गर्न पनि दिने उनले बताए ।

    ‘भर्खर मनसुन सुरु हुँदैछ, कम्तिमा ३ महिना घर फर्किन सक्ने अवस्था छैन,’ उनले थपे, ‘त्यही भएर व्यवस्थित गर्न खोजिएको हो ।’

    अब जिल्ला विपद व्यवस्थापन समिति र स्थानीय विपद व्यवस्थापन समितिमार्फत राहत वितरण गरिने प्रजिअ पोखरेल बताउँछन् ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    प्रसूति बिदा आमालाई छ महिना, बुबालाई ४२ दिन दिने प्रस्तावसहितको विधेयक
    अपहरणमा परेको १२ दिनपछि १५ महिने बच्चाको सकुशल उद्धार
    जलवायु परिवर्तनको असर न्यूनीकरण तथा व्यवस्थापनका लागि विश्वसमुदायलाई आह्वान गरिने छ: प्रधानमन्त्री शाह
    • व्यवसाय, समाजसेवा सँगसँगै राजनीतिमा सक्रिय ढकाल
    • ठूला ढुङ्गा पन्छाएर तुइलखोलाको पहिरोमा ‘नेलिङ’ गरिँदै
    • सुदूरपश्चिममा जडीबुटीः न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै
    • समस्यामा मात्रै सम्झिने कान्ति लोकपथ

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.