सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

भेमाथाङ पहिरा पीडिलाई सहयोग


  •    न्युजभित्तो/६ असार २०७८, आईतवार १२:४० 
  • सिन्धुपाल्चोक, ६ जेठ । हाम्रो जन्मभूमि संस्था र मानव सेवाको सहयात्री संस्थाले संयुक्त रुपमा हेलम्बुका बाढीपीडित करीब ४० घरपरिवारलाई राहत वितरण गरेको छ । यही असार १ गते साँझ हेलम्बु गाउँपालिका–१ सेमेसिदाङ हिमालमुनि रहेको भेमाथाङ चौरमा गएको भीषण पहिरो र यसपछि मेलम्ची खोलामा आएको आकस्मिक र अकल्पनीय बाढीले मानवीय तथा भौतिक संरचनामा क्षति पुयाएको थियो ।

    हाल उक्त क्षेत्रमा देश तथा विदेशमा रहेका विभिन्न सामाजिक सङ्घसंस्थाद्वारा सहयोग गर्ने क्रमजारी छ । हेलम्बु –७ को चनौटे बजारलगायत आसपासका ती घरपरिवारलाई एक बोरा चामल, दुई लिटर तेल, दुई केजी दाल, दुई केजी चिनी, १५ केजी चिउरा, नुन, तेल, चियापत्ती, साबुनलगायत विभिन्न सामग्री वितरण गरिएको थियो ।

    उक्त संस्थाका उपाध्यक्ष गीता श्रेष्ठको संयोजकत्वमा गएको टोलीले गाउँका स्थानीय जनप्रतिनिधि वडा सदस्य जीतबहादुर तामाङ कार्यपालिका सदस्य लक्ष्मी सुनुवार स्थानीय स्वयम्सेवक सोम तामाङ र प्रहरीको रोहवरमा बाढीपीडित परिवारलाई राहत वितरण गरिएको थियो । उक्त सामग्री वितरण कार्यक्रममा हाम्रो जन्मभूमिका संस्थाका सचिव सुमन श्रेष्ठ, सञ्चालक समितिका सदस्य नारायण श्रेष्ठका साथै संस्थाका सल्लाहाकार तथा फोटोपत्रकार सागर श्रेष्ठको सहाभागिता रहेको थियो । करीब दुई लाख बराबरको रकमको राहत सामग्री वितरण गरिएको थियो ।

    सहयात्री संस्था सिन्धुपाल्चोकमा दर्ता भएको गैरनाफामूलक सामाजिक संस्था हो । देशैभरि रहेका विभिन्न समस्यामा परेका नेपालीलाई सहयोग गर्दै आइरहेको छ । छोटो समयमा नै उक्त संस्थाको सामाजिक कार्य देखेर स्वदेश तथा विदेशमा रहेका नेपालीको मायाका साथ र आर्थिक सहयोग आउने क्रम जारी छ । आगामी दिनमा दीनदुःखीहरुका सेवामा अग्रस्थानमा रहेर काम गर्ने सञ्चालक सदस्य नारायण श्रेष्ठले जानकारी दिनुभयो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    प्रसूति बिदा आमालाई छ महिना, बुबालाई ४२ दिन दिने प्रस्तावसहितको विधेयक
    अपहरणमा परेको १२ दिनपछि १५ महिने बच्चाको सकुशल उद्धार
    जलवायु परिवर्तनको असर न्यूनीकरण तथा व्यवस्थापनका लागि विश्वसमुदायलाई आह्वान गरिने छ: प्रधानमन्त्री शाह
    • व्यवसाय, समाजसेवा सँगसँगै राजनीतिमा सक्रिय ढकाल
    • ठूला ढुङ्गा पन्छाएर तुइलखोलाको पहिरोमा ‘नेलिङ’ गरिँदै
    • सुदूरपश्चिममा जडीबुटीः न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै
    • समस्यामा मात्रै सम्झिने कान्ति लोकपथ

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.