सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

ब्राजिलमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ५ लाख नाघ्यो


  •    न्युजभित्तो/६ असार २०७८, आईतवार ११:४४ 
  • काठमाडौँ, ६ असार । ब्राजिलमा कोभिड–१९ बाट मृत्यु हुनेको संख्या ५ लाख नाघेको छ । यो आँकडा विश्वकै दोस्रो हो । सुस्त खोप अभियान र जाडो मौसमको सुरुवातसँगै स्थिति अझै खराब हुनसक्ने विज्ञहरुले चेतावनी दिएका छन् ।

    राष्ट्रपति जार बोल्सोनारोले सामाजिक दुरीजस्ता नियमहरु पालना गराउन चासो नदिँदा संक्रमण तीव्र गतिमा फैलिरहेको छ । फियोक्रुज नामक स्वास्थ्य संस्थाका अनुसार हालसम्म १५ प्रतिशत वयस्कहरुले मात्र पूर्ण मात्रामा खोप लगाएका छन् ।

    कंग्रेसले महामारीलाई नियन्त्रण गर्न सरकारले चालेको कदमबारे अनुसन्धान गरिरहेको छ । संगठितरुपमा राष्ट्रिय अभियान लागू नगरेको, खोपप्रति सन्देह देखाएको, लकडाउन र मास्क लगाउनुपर्ने नियमलाई बेवास्ता गरेकोमा राष्ट्रपति बोल्सोनारोको आलोचना हुँदै आएको छ ।

    विपक्षीले उनीमाथि राजनीतिक स्वार्थका लागि खोप खरिदमा ढिलाइ गरेको र महामारीको गम्भीरतालाई बेवास्ता गरेको आरोप लगाउँदै आएका छन् ।

    ब्राजिलमा ‘गामा’ नामक कोरोनाभाइरसको निकै संक्रामक भेरियन्ट सक्रिय रहेको छ । पछिल्लो एक हप्तामा ब्राजिलमा दैनिक ७० हजार बढी संक्रमित फेला परिरहेका छन् । प्रत्येक राज्यमा आईसीयूमा ८० प्रतिशत वा सोभन्दा बढी बिरामीहरुले भरिएका छन् । ब्राजिलमा १ करोड ७८ लाखभन्दा बढी संक्रमित भइसकेका छन् । बीबीसी

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    चितवनको ‘कर्णाली’ राप्तीका बासिन्दाले पाए नागरिकता
    विश्व अण्डा दिवसमा नेपालमा सप्ताहव्यापी कार्यक्रम, असोज २३ गते चितवनमा भव्य कार्यक्रम 
    मौरीपालक किसानका लागि बिमा कम्पनीको सर्तमा समस्या
    • दृष्टिविहीन नागरिकलाई सहयोगको पात्र होइन, अवसर पाए राष्ट्र निर्माणका सक्षम नागरिकका रूपमा हेर्नुपर्छः मन्त्री तामाङ
    • कांग्रेस महाधिवेशन उद्घाटन सत्र सुरु, विभिन्न दलका शीर्ष नेता उपस्थित
    • नेपाल नेत्रज्योति संघ चितवनको २६ औं जिल्ला सभा सम्पन्न
    • दशौँ राष्ट्रिय खेलकुदमा पदक जित्ने बागमतीका खेलाडीलाई प्रदेश सरकारले पुरस्कार दिने

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.