सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

लगातारको वर्षाले भौतिक संरचनादेखि पशुवस्तमा नोक्सानी


  •    न्युजभित्तो/६ असार २०७८, आईतवार १०:२४ 
  • सिमकोट, ६ असार । पाँच दिनदेखि लगातार परेको अविरल वर्षाले जिल्लामा सार्वजनिक संरचनादेखि निजी क्षेत्रमा क्षति पुग्दा लाखौँको नोक्सान भएको छ । वर्षाले शनिबार रातिसम्म जिल्लाका विभिन्न गाउँपालिकामा पाँचवटा घरमा पूर्ण क्षति पुगेको छ भने १६ वटा घरमा आंशिक क्षति पु¥याएको जानकारी आएको छ ।

    वर्षाले खार्पुनाथ गाउँपालिका–१ घण्टवीर बुढाको तीनतले पाँचकोठे घर र खार्पुनाथ–१ देउखुरी गाउँका लोकेश जैशीको माथिबाट आएको पहिराले घरमा पूर्ण क्षति गरेको छ । पहिरोले मानवीय क्षति भने नभएको बताइएको छ । त्यस्तै सिमकोट गाउँपालिका–२ ठेहेगाउँका वीरजीत सुनारको एकतले जस्ताले छाएको तीनकोठे घर र वडा नं ३ वरगाउँका याङसु लामाको तीनतले छकोठे कच्ची घरमा पूर्ण क्षति भएको बताइएको छ । यस्तै वर्षाले सर्केगाड गाउँपालिका–७ रोडिकोड गाउँका कलम सार्कीको तीनतले सातकोठे घरमा पूर्ण क्षति गरेको खबर आएको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी नायब उपरीक्षक हेरम्ब शर्माले बताउनुभयो । जिल्लाभर २१ वटा घरमा आंशिकदेखि पूर्ण क्षतिको खबर आएको भए पनि कति क्षति गरेको भन्ने जानकारी नआएको उहाँले बताउनुभयो ।

    जिल्लाको खार्पुनाथ, सिमकोट र सर्केगाड गाउँपालिकामा लगातारको वर्षाले बढी क्षति पुगेको खबर आएको जिल्ला प्रहरी कार्यालय हुम्लाले जानकारी दिएको छ । यस्तै हिल्दुम जाने बाटोमा रहेको सिमकोट तल्लो गाउँमा कुला रावतसहित गरी चार जनाको घरमा जोखिम पुगेको छ । घर नजिकै बाटो भएकाले बाटो मुनिबाट माटो खनिएकाले घरमा जोखिम बढेको बताइएको छ । यसैगरी खार्पुनाथ गाउँपालिका–५ दुर्पाको मारघोरमा जाने बाटो वर्षाले पूर्ण भत्काएको जानकारी प्राप्त भएको छ । बाटो भत्किँदा आवतजावतमा समेत समस्या बनाएको दुर्पाका स्थानीयवासी देवी सिंहले बताउनुभयो ।

    सरकारी तथा सार्वजनिक भौतिक संरचनामा क्षति

    यस्तै चार स्थानमा सरकारी तथा सार्वजनिक भौतिक संरचनामा क्षति पु¥याएको छ । वर्षाले नाम्खा–१ तारुक खोलामा रहेको फलामको ट्रसब्रिज पुललाई माथिबाट आएको बाढीले पूूर्ण क्षति गरेको छ । सोही वडाको हेप्काखोलामा रहेको काठको पुललाई समेत माथिबाट आएको बाढीले बगाउँदा पूर्णरूपमा क्षति गरेको प्रहरी नायब उपरीक्षक शर्माले बताउनुभयो ।

    खार्पुनाथ–५ मा रहेको लुमघट्टे खोला लघुजलविद्युत् आयोजनाको एक थान पाइप बगाएको छ भने सोही गाउँपालिकाको वडा नं ५ को दुर्पामा रहेको मालिका देवी दूधकुण्ड बाख्रापालन युवा बेरोजगार कृषि समूहको निर्माणाधीन तीनतले भवन भत्किएको बताइएको छ । यस्तै सर्केगाड–७ रोडिकोडमा रहेको ढापार सिँचाइ योजनाको निर्माणाधीन १५० मिटर कुलो भत्किएको छ ।

    खर्कमा पशुवस्त मरेर लाखौँको नोक्सानी

    जिल्लाको सिमकोटको गोडामौला भन्ने खर्कमा वर्षाले पशुवस्तुमा क्षति पु¥याउनुका साथै पशुवस्तु मर्दा लाखौँको क्षति भएको छ । लगातारको वर्षाले एक जुमा, तीनवटा बाच्छा, चारवटा खसी मरेको लछु बुढाले बताउनुभयो । जिल्लामा जुमाको रु ५० हजारमाथि पर्ने गरेको छ । खसीको रु १५ हजारदेखि रु २५ हजारसम्म पर्ने गरेको हुँदा करिब रु पाँच लाख बराबरको क्षति पुगेको बुढाले बताउनुभयो ।रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    प्रसूति बिदा आमालाई छ महिना, बुबालाई ४२ दिन दिने प्रस्तावसहितको विधेयक
    अपहरणमा परेको १२ दिनपछि १५ महिने बच्चाको सकुशल उद्धार
    जलवायु परिवर्तनको असर न्यूनीकरण तथा व्यवस्थापनका लागि विश्वसमुदायलाई आह्वान गरिने छ: प्रधानमन्त्री शाह
    • व्यवसाय, समाजसेवा सँगसँगै राजनीतिमा सक्रिय ढकाल
    • ठूला ढुङ्गा पन्छाएर तुइलखोलाको पहिरोमा ‘नेलिङ’ गरिँदै
    • सुदूरपश्चिममा जडीबुटीः न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै
    • समस्यामा मात्रै सम्झिने कान्ति लोकपथ

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.