सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

चार प्रदेशमा नेपाली मौलिक वाद्यवादन प्रशिक्षण हुने


  •    न्युजभित्तो/४ असार २०७८, शुक्रबार १४:५५ 
  • काडमाठौं,४ असार । नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानको सङ्गीत विभागले आव २०७८-७९ सम्पादन गरिने वार्षिक कार्ययोजना सार्वजनिक गरेको छ । प्रमुख प्राज्ञ अशोककुमार राईले आफूले नेतृत्व गरेको सङ्गीत विभागबाट चार कार्यक्रम सम्पन्न गर्ने लक्ष्य लिइएको बताउनुभयो ।

    उहाँका अनुसार यस वर्ष चार प्रदेशका आठ स्थानमा नेपाली मौलिक वाद्यवादनसम्बन्धी प्रशिक्षण सञ्चालन गरिनेछ । प्रशिक्षार्थीलाई पूर्वीय तथा पाश्चात्य सङ्गीतको सैद्धान्तिक ज्ञान दिनाका साथै सम्बन्धित बाजाको ऐतिहासिक पृष्ठभूमि, धार्मिक तथा सांस्कृतिक महत्वका बारेमा समेत ज्ञान प्रदान गरिने छ ।

    राईले यस वर्ष सनाई, सारङ्गी, मुर्चुङ्गा, बिनायो, पियुङ, टुङ्ना, डम्फु, धिमे, च्याब्रुङ, राई ढोल, धिमाल ढोल, मादल, बाँसुरी र ढोलक वाद्यवादनसम्बन्धी प्रशिक्षण चलाइने बताउनुभयो । गण्डकी प्रदेशमा रहेका गन्धर्व समुदायको धार्मिक तथा विभिन्न संस्कार–संस्कृतिमा बजाइने धुनको सङ्कलन तथा रेकर्डिङ गरी अभिलेख राखिनेछ । सोको पृष्ठभूमिसहित वृत्तचित्रसमेत बनाइने छ ।

    लुम्बिनी प्रदेशमा रहेका मौलिक लोकबाजाका इतिहास, परम्परा र सम्बन्धित जाति तथा समुदायका धार्मिक तथा सांस्कृतिक पक्षको चित्रण गरिनेछ । यसैगरी लिम्बू जातिमा प्रचलित एकराते तङ्सिङ र राई समुदायको मृत्युु संस्कारसँग सम्बन्धित मुन्धुमी सङ्गीतको अभिलेखीकरण गरिनेछ । प्रशिक्षणले लोकसङ्गीत, लोकधुन तथा लोकबाजाको अध्ययन, अनुसन्धान, सङ्कलन तथा प्रशिक्षणले सम्बन्धित विधा तथा क्षेत्रको संरक्षण, संवद्र्धन र व्यावसायिकीकरण गर्नमा सहयोग पुग्ने विश्वास लिइएको छ ।

    “चालु आवमा नेपाली मौलिक लोकबाजासम्बन्धी पाठ्यसामग्री तयारीको काम अन्तिम चरणमा पुगिसकेको छ”, उहाँले भन्नुभयो, “पाठ्यपुस्तकका आधारमा वाद्यवादन प्रशिक्षण योजनालाई अगाडि बढाउनेछौँ ।”रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    प्रसूति बिदा आमालाई छ महिना, बुबालाई ४२ दिन दिने प्रस्तावसहितको विधेयक
    अपहरणमा परेको १२ दिनपछि १५ महिने बच्चाको सकुशल उद्धार
    जलवायु परिवर्तनको असर न्यूनीकरण तथा व्यवस्थापनका लागि विश्वसमुदायलाई आह्वान गरिने छ: प्रधानमन्त्री शाह
    • व्यवसाय, समाजसेवा सँगसँगै राजनीतिमा सक्रिय ढकाल
    • ठूला ढुङ्गा पन्छाएर तुइलखोलाको पहिरोमा ‘नेलिङ’ गरिँदै
    • सुदूरपश्चिममा जडीबुटीः न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै
    • समस्यामा मात्रै सम्झिने कान्ति लोकपथ

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.