सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

वन्यजन्तुलाई पानी खुवाउन सोलार बोरिङ


  •    न्युजभित्तो/४ असार २०७८, शुक्रबार १४:२१ 
  • चितवन, ४ असार । चितवन राष्ट्रिय निकुञ्जको सुख्खा क्षेत्रमा वन्यजन्तुलाई पानी खुवाउन चार वटा सोलार बोरिङ खनिएको छ ।

    निकुञ्जको सुखिभारमा दुईवटा, डुमरियामा एउटा र अर्ना फाँटमा एउटा सोलार बोरीङ् खनिएको हो । निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीका अनुसार एउटा पोखरी सहितको सोलार बोरीङका लागि रु ७ लाख हाराहारी खर्च भएको छ ।

    सुखिभार क्षेत्रमा एक सय ७४ गैंडा रहेका छन् । डुमरिया र अर्ना फाँटमा ६३ वटा गैंडा रहेका छन् । अधिकारीले भन्नुभयो, “यो ठाउँमा रहेका गैंडा लगायतका वन्यजन्तुलाई सुख्खा मौसममा समेत पानीको व्यवस्था गरिएको छ ।” निकुञ्ज भित्र विद्युत आपूर्ति नहुने भएकाले सोलार सहितको बोरीङ राखिएको हो । बोरीङले २४सै घण्टा पानी फाल्ने छ ।

    पोखरी २० फिट चौडाइ र ४० फिट लम्बाइका छन् । यस वर्ष निकुञ्जमा ३५ वटा पुराना पोखरी सरसफाइ र मर्मत सम्भार गरिएको छ । यस्तै १६ वटा नयाँ पोखरी खनिएको उहाँले जानकारी दिनुभयो । पुराना पोखरीका लागि रु ३५ लाख  नयाँका लागि रु ३२ लाख खर्च गरिएको उहाँले बताउनुभयो । निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले गैंडाको सङ्ख्या बढेसँगै सुख्खा क्षेत्रहरुमा पानीको व्यवस्थापनमा जोड दिइएको जानकारी दिनुभयो ।

    उहाँका अनुसार पछिल्ला वर्षहरुमा निकुञ्जले घाँसेमैदान र पानीको व्यवस्थापनमा विशेष जोड दिएको छ । ठाउँठाउँमा पानीको व्यवस्थापन भएसँगै गैंडा सहितका दुर्लभ वन्यजन्तु पानीका लागि टाढा जानु पर्दैन । निकुञ्ज हुँदै वग्ने खोलाहरु, चुरेबाट झरेका खोल्साहरुसँगै निकुञ्ज भित्रका ताल तलैयामा वन्यजन्तु पानीका लागि आश्रीत हुन्छन् ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    प्रसूति बिदा आमालाई छ महिना, बुबालाई ४२ दिन दिने प्रस्तावसहितको विधेयक
    अपहरणमा परेको १२ दिनपछि १५ महिने बच्चाको सकुशल उद्धार
    जलवायु परिवर्तनको असर न्यूनीकरण तथा व्यवस्थापनका लागि विश्वसमुदायलाई आह्वान गरिने छ: प्रधानमन्त्री शाह
    • व्यवसाय, समाजसेवा सँगसँगै राजनीतिमा सक्रिय ढकाल
    • ठूला ढुङ्गा पन्छाएर तुइलखोलाको पहिरोमा ‘नेलिङ’ गरिँदै
    • सुदूरपश्चिममा जडीबुटीः न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै
    • समस्यामा मात्रै सम्झिने कान्ति लोकपथ

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.