सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

विकास, सुशासन र समृद्धिका योजना समेटेर बजेट ल्याएका छौं : मुख्यमन्त्री पोखरेल


  •    न्युजभित्तो/४ असार २०७८, शुक्रबार १३:५० 
  • कास्की, ४ असार । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले प्रदेशसभा बैठकमा विश्वासको मतका लागि आग्रह गरेका छन् । विश्वासको मत लिनका लागि बोलाइएको प्रदेशसभा बैठकमा बोल्दै उनले सरकार गठन भएको छोटो समयमा नै बजेट ल्याउनुपर्ने बाध्यताका बीच हतारमा विकास, सुशासन र समृद्धिका योजना समेटेर बजेट ल्याएको बताए ।

    उनले छोटो समयमा पेश गरेको बजेटमा गण्डकी प्रदेशमा महिलाहरुको पाठेघर (सरभाइकल) क्यान्सरको निःशुल्क शल्यक्रिया गर्ने योजना ल्याएको बताए । उनले प्रदेश अन्तर्गतका प्रत्येक जिल्ला अस्पतालहरुकै स्तरोन्नती गरी २५ देखि ५० शैयाको बनाउने योजना बजेटमार्फत अगाडि बढाएको बताए ।

    मुख्यमन्त्री पोखरेलले सरकारले आगामी बर्षदेखि प्रदेशमा ५ सय शैयाको शिक्षण अस्पताल सञ्चालन गर्ने योजना अगाडि बढाएको बताए । उनले गण्डकी विश्वविद्यालय मार्फत प्रदेशमा स्वरोजगारी सिर्जना गर्नका लागि विभिन्न विषयका सीपमुलक प्राविधिक शिक्षालयहरू सञ्चालन गर्ने समेत बताए । उनले प्रदेशमा नागरिकका लागि सामाजिक सुरक्षा कोषको स्थापना गर्ने सरकारको योजना रहेको बताए ।

    मुख्यमन्त्री पोखरेलले कोभिडका कारण परिवार गुमाएका परिवारका सदस्यलाई सरकारले आर्थिक सहयोग गर्ने जस्ता कार्यक्रमहरु शुरु गरेको बताए । उनले प्रदेशका ११ वटै जिल्लाहरुमा स्मारक पार्क निर्माण गर्ने सरकारको योजना रहेको बताए ।

    प्रदेशको विकास र सुशासनका लागि सरकारले विभिन्न योजना अगाडि बढाएको दावी गर्दै मुख्यमन्त्री पोखरेलले प्रदेशको विकास, समृद्धि र स्थायित्वका लागि प्रतिपक्ष दललाई समेत विश्वासको मत दिन आग्रह गरे ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    प्रसूति बिदा आमालाई छ महिना, बुबालाई ४२ दिन दिने प्रस्तावसहितको विधेयक
    अपहरणमा परेको १२ दिनपछि १५ महिने बच्चाको सकुशल उद्धार
    जलवायु परिवर्तनको असर न्यूनीकरण तथा व्यवस्थापनका लागि विश्वसमुदायलाई आह्वान गरिने छ: प्रधानमन्त्री शाह
    • व्यवसाय, समाजसेवा सँगसँगै राजनीतिमा सक्रिय ढकाल
    • ठूला ढुङ्गा पन्छाएर तुइलखोलाको पहिरोमा ‘नेलिङ’ गरिँदै
    • सुदूरपश्चिममा जडीबुटीः न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै
    • समस्यामा मात्रै सम्झिने कान्ति लोकपथ

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.