सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

विद्यालयको जग्गामा किसानको आफूखुशी भोगचलन


  •    न्युजभित्तो/४ असार २०७८, शुक्रबार १०:१९ 
  • झापा, ४ असार । विद्यालयको नाममा रहेको जग्गा स्थानीय किसानले आफूखुशी भोगचलन गर्न थालेपछि विद्यालयहरूले आपत्ति जनाएका छन् ।

    मेचीनगर नगरपालिका–८ मा रहेको आदर्श माध्यमिक विद्यालय र मेची विद्योदय प्राथमिक विद्यालयको नाममा दर्ता कायम रहेको जग्गा वर्षौँ अघिदेखि स्थानीय किसानले भोगचलन गर्दै आएका छन् । जग्गा भोगचलन गरेवापत स्कूललाई बुभाउनुपर्ने कुतसमेत नबुझाएपछि स्कूलले आपत्ति जनाएको हो । स्थानीय किसानले आदर्श माविको छ बिघा र मेची विद्योदय प्राथमिक विद्यालयको ११ बिघा जग्गाको व्यवस्थापन गरेर भोगचलन गरिरहेका छन् ।

    आदर्श माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अर्जुन पोखरेल र मेची विद्योदय प्राथमिक विद्यालयका शिक्षक टङ्कप्रसाद अधिकारीले विद्यालयको जग्गा किसानले भोगचलन गरे पनि विद्यालयसँग गरेको सम्झौताअनुसार कुतवापतको रकम नबुझाएको जानकारी दिनुभयो । सो जग्गाको कुत स्कूललाई तत्काल बुझाउनका लागि नगरले सर्वदलीय भेला गरेर एनु भट्टराईको संयोजकत्वमा ११ सदस्यीय जग्गा व्यवस्थापन समिति गठन गरेको छ ।

    समितिको सहसंयोजकमा मेचीनगर नगरकार्यपालिका सदस्य एवं पूर्वाधार विकास समिति संयोजक कृष्ण कनाल तथा सदस्यमा विष्णुलाल गिरी, रविन्सन थापा, अर्जुन पोखरेल, पवन मेचे, शेरबहादुर बुढाथोकी, उत्तम गिरी, अग्निमाया मेचे, महेन्द्र लावती र दीपक थापा रहनुभएको छ । मेचीनगर–३ का वडाध्यक्ष हर्क बस्नेत संयोजक र वडा नं ८ का वडाध्यक्ष विकेन्द्र धिमाल सहसंयोजक रहेको सात सदस्यीय सल्लाहकार समितिसमेत भेलाले गठन गरेको छ ।

    मेचीनगर नगरप्रमुख विमल आचार्यको संयोजकत्वमा सम्पन्न भएको छलफलमा सहभागीहरुले समस्याको दीर्घकालीनरूपमा टुङ्गोमा पुग्ने निष्कर्षसहित समिति गठन भएको हो । भेलामा सबै राजनीतिक दलहरुको सहभागिता थियो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    प्रसूति बिदा आमालाई छ महिना, बुबालाई ४२ दिन दिने प्रस्तावसहितको विधेयक
    अपहरणमा परेको १२ दिनपछि १५ महिने बच्चाको सकुशल उद्धार
    जलवायु परिवर्तनको असर न्यूनीकरण तथा व्यवस्थापनका लागि विश्वसमुदायलाई आह्वान गरिने छ: प्रधानमन्त्री शाह
    • व्यवसाय, समाजसेवा सँगसँगै राजनीतिमा सक्रिय ढकाल
    • ठूला ढुङ्गा पन्छाएर तुइलखोलाको पहिरोमा ‘नेलिङ’ गरिँदै
    • सुदूरपश्चिममा जडीबुटीः न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै
    • समस्यामा मात्रै सम्झिने कान्ति लोकपथ

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.