सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

प्रजातन्त्रका सेनानीको नाममा सभाहल


  •    न्युजभित्तो/३ असार २०७८, बिहीबार १६:०६ 
  • चितवन,३ असार । नेपाली काँग्रेस चितवनले प्रजातन्त्रका सेनानी एबं नेपाली काँग्रेस चितवनका सल्लाहाकार महेश्वरलाल श्रेष्ठको नाममा पार्टी कार्यालयमा रहेको सभाहलको नामाकरण गरेको छ । श्रेष्ठको निधन भएको १३ औं दिनको पूण्य तिथिको अबसरमा आयोजीत श्रद्धान्जली सभामा काँग्रेस पार्टी कार्यालयमा रहेको सभाहललाई उहाँको सम्झनामा महेश्वरलाल स्मृति सभाहल घोषणा गरिएको हो ।

    श्रद्धान्जली सभामा नेपाली काँग्रेस चितवनका पूर्ब सभापतीहरु कृष्णलाल सापकोटा, तोपमान सिंह गुरुङ, जिल्ला सदस्य केशब महर्जन लगाएतले श्रेष्ठको योगदानको बिषयमा चर्चा गर्नु भएको थियो । कार्यक्रममा काँग्रेस चितवनका सभापती जीतनारायण श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सभापती श्रेष्ठले सभाहलको नामकरण गर्नु भएको थियो ।

    वि. सं. १९९४ साल पौष २९ गते बुबा सुब्बा मित्रलाल श्रेष्ठ र माता चुँदरी देवीका साइला पुत्रको रुपमा मकवानपुरको चिसापानीगढीमा जन्मनु भएका उहाँले पाल्पाको पव्लिक पदम हाइस्कुलमा अध्ययन गर्नु भएको थियो । वि. सं. २०१२ सालमा चितवन आउनु भएका उहाँले २०१४ सालाको भद्र अवज्ञा आन्दोलनमा कास्की जिल्लामा सक्रिय भूमिका निर्वाह गर्नु भएको थियो । वि.सं. २०१५ सालबाट चितवनमा स्थायी वसोवास गर्नु भएका उहाँ सोही वर्ष भएको आम निर्वाचनमा ५६ नम्बर निर्वाचन क्षेत्रत्रमा काङ्ग्रेसका उम्मेदवारलाई बिजयी गराउन महत्वपूर्ण भूमिका निर्वाह गर्नु भएको थियो ।

    वि.सं. २०१७ सालाको राजनीतिक कु संगै तनहँुको बन्दिपुर सशस्त्र आन्दोलनको नेतृत्व, २०१८ सालमा भरतपुर कव्जा गर्ने शसस्त्र क्रान्तिमा नेतृत्वदायी भूमिका निर्वाह गर्नु भएका स्वर्गीय श्रेष्ठ माडी, ठोरी क्षेत्रमा समेत शसस्त्र बिद्रोहमा नेतृत्व प्रदान गर्नु भएको काङ्ग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठले जानकारी दिनुभयो । श्रेष्ठका अनुसार वि.सं. २०१८ सालपछी ८ वर्ष निर्वासन, पटक–पटक राजवन्दीका रुपमा जेल जीवन, २१ पटक हिरासतमा पर्नु भएका उहाँ २०४६ सालको जनआन्दोलनमा तत्कालीन सरकारले राज्य द्रोहको आरोप लगाई सेनाको टुकडीले घर घेराउ गरेको थियो ।

    प्रजातान्त्रीक आन्दोलनका अथक संघर्षसिल योद्धा देशमा प्रजातन्त्र स्थापनार्थ आँफुलाई समाहित गर्नु भएका महेश्वरलाल अविवाहित हुनुहुन्थ्यो ।
    उहाँको निधन जेठ २२ गते काठमाडौंमा उपचारका क्रममा भएको हो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    प्रसूति बिदा आमालाई छ महिना, बुबालाई ४२ दिन दिने प्रस्तावसहितको विधेयक
    अपहरणमा परेको १२ दिनपछि १५ महिने बच्चाको सकुशल उद्धार
    जलवायु परिवर्तनको असर न्यूनीकरण तथा व्यवस्थापनका लागि विश्वसमुदायलाई आह्वान गरिने छ: प्रधानमन्त्री शाह
    • व्यवसाय, समाजसेवा सँगसँगै राजनीतिमा सक्रिय ढकाल
    • ठूला ढुङ्गा पन्छाएर तुइलखोलाको पहिरोमा ‘नेलिङ’ गरिँदै
    • सुदूरपश्चिममा जडीबुटीः न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै
    • समस्यामा मात्रै सम्झिने कान्ति लोकपथ

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.