सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

१४३ किलोग्राम अवैध गाँजासहित हेटौंडाबाट तीन जना पक्राउ


  •    न्युजभित्तो/३ असार २०७८, बिहीबार १३:२६ 
  • काठमाडौं,३ असार । कन्टेनर गाडीमा रहेको १४३.३ किलोग्राम अवैध लागूऔषध गाँजासहित हेटौंडाबाट प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । हेटौंडा उपमहानगरपालिका–११ थानाभञ्ज्याङमा ना १ ख ९९१० नम्बरको कन्टेनर गाडीमा रहेको उक्त परिमाणको गाँजासहित तीन जनालाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको हो ।

    पक्राउ पर्नेहरूमा गाडी चालक सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका–५ सिगार्सेका २८ वर्षीय सनकबहादुर तामाङ, गाडीका सहचालक सोही नगरपालिका–८ मानेश्वराका २४ वर्षीय सोमे तामाङ र गाडीमा सवार मकवानपुर राक्सिराङ गाउँपालिका–१ गल्छराङका १८ वर्षीय किशोर रहेका छन् ।

    मनहरीबाट हेटौंडातर्फ आउँदै गरेको उक्त कन्टेनर गाडीमा लागूऔषध ल्याउँदै गरेको भन्ने सूचनाको आधारमा प्रहरीले चेकजाँच गर्दा चालक बस्ने सिट पछाडि फल्स बटम बनाई गाँजा ल्याएको फेला परेपछि उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

    यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    चितवनमा ९२ जनामा डेङ्गु सङ्क्रमण, एक सय ९१ जनामा स्क्रफ्ट टाइफस
    कृष्णभिरमा सडक सञ्चालनसँगै खुशी छन् चालकहरु 
    ‘चित्वन स्पाईसी हर्ब’ को औपचारिक उद्घाटन
    • प्रसूति बिदा आमालाई छ महिना, बुबालाई ४२ दिन दिने प्रस्तावसहितको विधेयक
    • अपहरणमा परेको १२ दिनपछि १५ महिने बच्चाको सकुशल उद्धार
    • जलवायु परिवर्तनको असर न्यूनीकरण तथा व्यवस्थापनका लागि विश्वसमुदायलाई आह्वान गरिने छ: प्रधानमन्त्री शाह
    • व्यवसाय, समाजसेवा सँगसँगै राजनीतिमा सक्रिय ढकाल

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.