सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज बस्दै


  •    न्युजभित्तो/३ असार २०७८, बिहीबार १२:३० 
  • काठमाडौँ, ३ असार । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्दैछ । केन्द्रीय कार्यालय सानेपामा आज दिउँसो २ बजे बैठक बोलाइएको पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

    पार्टीको १४ औं महाधिवेशनको कार्यतालिका संशोधन गर्न पदाधिकारी बैठकले गरेको प्रस्तावमाथि निर्णय लिन आज कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बस्न लागेको हो ।

    यसअघि बसेको कांग्रेस पदाधिकारी बैठकले भदौ ७ गतेदेखि १० गतेसम्म निर्धारित महाधिवेशनको मिति १० दिन पर सारेर भदौ १६ गतेदेखि १९ गतेसम्म गर्ने गरी निर्णय गर्न केन्द्रीय समितिमा सिफारिस गरेको थियो ।

    क्रियाशील सदस्यताको टुंगोदेखि वडा अधिवेशन गर्ने मितिसम्म हेरफेर गर्नेबारे केन्द्रीय कार्यसमिति बैठकमा छलफल हुनेछ । यस्तै आज बस्ने बैठकमा मुलुकको समसामयिक राजनीति, प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा दर्ता भएको रिट र प्रधानमन्त्रीमा पार्टी सभापति शेरबहादुर देउवाको दाबी लगायत विषयमा बृहत छलफल हुने बुझिएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    अपहरणमा परेको १२ दिनपछि १५ महिने बच्चाको सकुशल उद्धार
    जलवायु परिवर्तनको असर न्यूनीकरण तथा व्यवस्थापनका लागि विश्वसमुदायलाई आह्वान गरिने छ: प्रधानमन्त्री शाह
    व्यवसाय, समाजसेवा सँगसँगै राजनीतिमा सक्रिय ढकाल
    • ठूला ढुङ्गा पन्छाएर तुइलखोलाको पहिरोमा ‘नेलिङ’ गरिँदै
    • सुदूरपश्चिममा जडीबुटीः न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै
    • समस्यामा मात्रै सम्झिने कान्ति लोकपथ
    • जापानी स्वाददेखि दक्षिण एसियाली परिकारसम्म, भरतपुरमा खुल्यो ‘चित्वन स्पाईसी हर्ब’

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.