सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

४० लाख ठगी गरेको आरोपमा एक जना पक्राउ


  •    न्युजभित्तो/३ असार २०७८, बिहीबार १०:३३ 
  • बैतडी, ३ असार । विभिन्न प्रलोभन देखाएर एक वर्षदेखि ठगी गर्दै आएको आरोपमा बैतडीबाट बुधबार पाटन नगरपालिका–२ सिलङ्गाका ३४ वर्षीय कमलराम विक पक्राउ परेका छन् । विकलाई बुधबार घरबाटै नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय पाटनका इञ्चार्ज एवं प्रहरी निरीक्षक राजेश शाहीले जानकारी दिनुभयो ।

    बीमा भरेमा अनुदान दिन्छु भनी ठगी गरेको भन्दै स्थानीयवासीले दिएको जाहेरीका आधारमा विकलाई नियन्त्रणमा लिइएको प्रहरी निरीक्षक शाहीले बताउनुभयो। विकले सिटिजन लाइफ इन्स्योरेन्समा बीमा भरिदिन्छु भन्दै स्थानीयवासीहरुबाट रकम सङ्कलन गरेर ठगी गरेको पाइएको हो ।

    उहाँले भन्नुभयो, “महेन्द्रनगरबाट रु २५ लाख र बैतडीबाट रु १५ देखि २० लाख रकम सङ्कलन गरेर स्थानीयवासीलाई निजले ठगेको प्रारम्भिक अनुसन्धानले देखाएको छ, नियन्त्रणमा रहेका विकमाथि आज मुद्दा दायर हुन्छ ।” सिगास र महेन्द्रनगरको संयुक्त टोलीले जाहेरी दिएका छन् । उहाँले थप्नुभयो, “एक वर्षदेखि बीमाको एजेन्ट भनी ठग्दै हिँडेको रहेछ, पछिल्लो चार महिनादेखि प्रहरीले खोजी गरिरहेको थियो ।”

    कमलराम बीमाको एजेन्ट भए पनि उनीमाथि कम्पनीलाई पनि ठगेको आरोप लागेको छ । स्थानीयवासीबाट बीमा गरिदिन्छु भन्दै पैसा लग्ने गरेको भए पनि कम्पनीलाई नबुझाएको प्रहरीको प्रारम्भिक अनुसान्धानबाट खुलेको छ । इलाका प्रहरी कार्यालयको नियन्त्रणमा रहेका कमलमाथि थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ । कमलले ठगी गरेको भन्ने ६० जना जति सम्पर्कमा आएको शाहीको भनाइ छ ।

    कमलराम विकसँगै दुई जना अरु पनि ठगी कार्यमा संलग्न रहेको बुझिएको र उनीहरु फरार रहेकोले खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

    जयपृथ्वी राजमार्ग दुई दिनपछि खुल्यो

    सडक माथिबाट पहिरो खस्दा अवरुद्ध बनेको जयपृथ्वी राजमार्ग दुई दिनपछि सञ्चालनमा आएको छ । बैतडीको खोड्पेदेखि बझाङको चैनपुर जोड्ने उक्त राजमार्गको पुर्चौडी नगरपालिका–६ स्थित ढोल्यामोडमा सडक माथिबाट पहिरो खस्दा सोमबार रातिदेखि अवरुद्ध बनेको थियो ।

    लगातारको वर्षाका कारण खुलाउन समस्या भएकोमा वर्षा कम भएपछि स्काभेटर र जेसिबीको सहयताले बुधबार दिउँसोेपछि सडक सञ्चालनमा ल्याइएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता एवं प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिनुभयो । सडक माथिबाट ठूलो पहिरो खसेको र पहिरो पन्छाउन समस्या भएको थियोे । उहाँले भन्नुभयो, “पानी पर्ने क्रम रोकिएपछि सडक विभागको स्काभेटर र जेसीबी लगाएर सडकमा खसेको पहिरो पन्छाइएको छ, अहिले सडक खुलेको छ ।”

    बझाङबाट धनगढी, महेन्द्रनगर, काठमाडौँ, डडेल्धुरा, बैतडी र बझाङ भित्रिने ५० भन्दा बढी सवारी साधन र १०० भन्दा बढी यात्रु पहिरोका कारण रोकिएका थिए । अवरुद्ध राजमार्ग सञ्चालनमा आएपछि दुई दिनदेखि बीचबाटोमै रोकिएका एम्बुलेन्स, मालवाहक सवारी साधन र अत्यावश्यक कामका लागि हिँडेका यात्रुहरू आआफ्नो गन्तव्यमा हिँडेका छन् । पहिरोका कारण जयपृथ्वी राजमार्ग बेलाबेला अवरुद्ध हुने गरेको छ । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    अपहरणमा परेको १२ दिनपछि १५ महिने बच्चाको सकुशल उद्धार
    जलवायु परिवर्तनको असर न्यूनीकरण तथा व्यवस्थापनका लागि विश्वसमुदायलाई आह्वान गरिने छ: प्रधानमन्त्री शाह
    व्यवसाय, समाजसेवा सँगसँगै राजनीतिमा सक्रिय ढकाल
    • ठूला ढुङ्गा पन्छाएर तुइलखोलाको पहिरोमा ‘नेलिङ’ गरिँदै
    • सुदूरपश्चिममा जडीबुटीः न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै
    • समस्यामा मात्रै सम्झिने कान्ति लोकपथ
    • जापानी स्वाददेखि दक्षिण एसियाली परिकारसम्म, भरतपुरमा खुल्यो ‘चित्वन स्पाईसी हर्ब’

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.