सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

एमालेलाई फुटबाट जोगाउन नेता खनालको आह्वान


  •    न्युजभित्तो/२ असार २०७८, बुधबार २०:५८ 
  • काठमाण्डौं,। २ जेठ । नेकपा (एमाले) का वरिष्ठ नेता झलनाथ खनालले पार्टीलाई फुटबाट जोगाउन आह्वान गर्नु भएको छ । स्वास्थ्य उपचारका लागि आज भारतको नयाँ दिल्ली जानु अघि उहाँले आज विज्ञप्ति जारी गरी एकता सफलताको र फुट विनास बाटो भएकाले पार्टीलाई फुटबाट जोगाई एकताबद्ध बनाउन सबै नेता तथा कार्यकर्तालाई आह्वान गर्नुभएको छ ।

    रिस, राग, अहंकार र बदलाभाव त्यागेर पार्टी एकता जोगाउनुपर्ने उहाँको भनाइ छ । “पार्टीलाई फुटतर्फ धकेल्ने होइन, धैर्य र संयमका साथ एकता जोगाउने प्रयत्न गर्न सकेमा भने मात्र हामी सफल हुन सक्छौँ र सिङ्गो राष्ट्रको नेतृत्व गर्न सक्छौं,” उहाँले भन्नुभएको छ,“ त्यसैले टुट–फुट र विभाजन होइन एकता गराउने कार्यमा अगाडि बढौं भन्ने सबैमा आह्वान गर्न चाहन्छु ।”

    उहाँले एमाले पार्टी सयौँ शहीदको बलिदान, हजारौं योद्धाहरुको रगत पसिना, कैयौँको प्रवास, जेल, भूमिगत जीवनको सङ्घर्ष, त्याग र तपस्याको कारण सफलताको यो बिन्दूसम्म आइपुगेको उल्लेख गर्नुभयो ।

    पूर्वप्रधानमन्त्री खनालले एमाले पार्टी देशको नेतृत्वदायी पार्टी बनोस्, राष्ट्र र जनताको हित तथा विकास र समृद्धिको बाहक बनोस् र बन्नेछ भन्ने अपेक्षा राखेको जनाउँदै भन्नुभएको छ, “तर जनताको चाहना र अपेक्षाविपरित हामीमा देखिएको अनेकौं गलत प्रवृत्तिहरु, बदलाको भाव र अनावश्यक ईगोका कारण पार्टी जीवनमा यतिखेर गम्भीर संकट उत्पन्न भएको छ ।”

    उहाँले देश, लोकतन्त्र र पार्टीको अहिलेको अवस्थाले आफूलाई अत्यन्तै चिन्तित बनाएको उल्लेख गर्दै विगतमा सबै मिलेर हासिल गरेका ठूला सफलतालाई स्मरण गर्न समेत आग्रह गर्नुभयो । “देशको बिथोलिएको वर्तमान राजनीतिक अवस्थाले मलाई धेरै चिन्तित बनाएको छ । दलहरु विवाद र ध्रुवीकरणले विभाजन उन्मुख भएका छन्,” उहाँले भन्नुभएको छ, “त्यही अन्तर सङ्घर्षको पराकम्पन हाम्रो तत्कालीन पार्टी नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० मा पर्यो र अहिले एमालेमा परिरहेको छ ।”

    नेता खनालले राष्ट्रिय एकता–अखण्डता लोकतन्त्र र स्थायित्वको खम्बाका रुपमा रहेका दलहरुभित्र विभाजन आउनु देश, जनता, लोकतन्त्र, विकास र समृद्धिका निम्ति दुर्भाग्यपूर्ण अवस्था रहेको उल्लेख गर्नुभयो । उहाँले सबै एकजुट भएर मुलुकका मुलभूत समस्या समाधान गर्न सबैलाई आग्रह समेत गर्नुभयो । देशका प्रमुख दलहरु र तिनका नेताहरुबीचको अनावश्यक टकराव, महत्वकांक्षा र व्यक्तिगत इगो साध्ने कार्य यथाशीघ्र अन्त्य गरिनुपर्ने उहाँको भनाइ छ ।

    उपचारपछि छिट्टै फर्कने
    नेता खनालले भारतमा उपचारपछि आफू छिट्टै फर्कने विश्वास व्यक्त गर्नुभएको छ । “सफल उपचारपछि म स्वदेश फर्केर यहाँहरुमाझ पुनः हुनेछु भन्ने विश्वास लिएको छु,” उहाँले भन्नुभएको छ । उहाँले उपचारको क्रममा आएका एकपछि अर्को स्वास्थ्य समस्याको कारण चिकित्सकको सल्लाहमा आफू आज उपचारका लागि केही दिनका लागि देश बाहिर जान थालेको समेत जानकारी गराउनुभयो ।

    नेता खनाललाई आज अपरान्ह नेपाल वायु सेवा निगमको जहाजबाट भारतको नयाँदिल्लीस्थित एपोलो अस्पतालमा उपचारका लागि लगिएको छ । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    प्रसूति बिदा आमालाई छ महिना, बुबालाई ४२ दिन दिने प्रस्तावसहितको विधेयक
    अपहरणमा परेको १२ दिनपछि १५ महिने बच्चाको सकुशल उद्धार
    जलवायु परिवर्तनको असर न्यूनीकरण तथा व्यवस्थापनका लागि विश्वसमुदायलाई आह्वान गरिने छ: प्रधानमन्त्री शाह
    • व्यवसाय, समाजसेवा सँगसँगै राजनीतिमा सक्रिय ढकाल
    • ठूला ढुङ्गा पन्छाएर तुइलखोलाको पहिरोमा ‘नेलिङ’ गरिँदै
    • सुदूरपश्चिममा जडीबुटीः न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै
    • समस्यामा मात्रै सम्झिने कान्ति लोकपथ

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.