चितवनमा थप एक साता निषेधाज्ञा, असार १० गतेसम्म लुम्बियो
न्युजभित्तो/२ असार २०७८, बुधबार २०:५०
चितवन, असार २ । चितवनमा एक साता निषेधाज्ञा थप गरिएको छ । प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले आज एक आदेश जारी गर्दै असार १० गते राति १२ बजेसम्म लागू हुने गरी निषेधाज्ञा थप गर्नुभएको हो ।
निषेधाज्ञा थप गर्दा यसअघि जारी आदेशलाई निरन्तरता दिएको छ । आजको आदेशले डिपार्टमेन्ट स्टोर्स खुल्न पाउने भएको छ । जारी आदेशमा खाद्यान्न विक्री वितरण गर्ने डिपार्टमेन्ट स्टोर्स खोल्न दिने निर्णय उल्लेख छ ।
चितवन प्रशासनले यसअघि थप गरेको निषेधाज्ञाको अवधि भोलि असार ३ गते राती १२ बजे सकिदै थियो । चितवनमा वैशाख १६ गते राति १२ बजेदेखि निषेधाज्ञा जारी छ ।