सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

सेवा प्रवाह प्रभावकारी बनाउन निर्देशन


  •    न्युजभित्तो/२ असार २०७८, बुधबार ११:०८ 
  • काठमाडौँ, २ असार । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले समयानुकूल प्रविधिको प्रयोग गरी सेवा प्रवाहलाई प्रभावकारी बनाउन मन्त्रालयअन्तर्गतका निकायलाई निर्देशन दिएको छ ।

    नवनियुक्त मन्त्री नैनकला थापाले नेपाल टेलिभिजन, नेपाल दूरसञ्चार प्राधिकरण, नेपाल दूरसञ्चार कम्पनी लिमिटेड, सूचना तथा प्रसारण विभाग, प्रेस काउन्सिल नेपाल र न्यूनतम पारिश्रमिक निर्धारण समिति र सूचना तथा प्रसारण विभागलगायत मन्त्रालय अन्तर्गतका निकायको अनुगमन गरी सकेपछि मन्त्रालयले सेवालाई प्रभावकारी बनाउन निर्देशन दिनुभएको हो ।

    मन्त्रालयले विज्ञप्ती जारी गरी प्रविधिको प्रयोग गरी सेवा प्रवाहलाई प्रभावकारी बनाउन र लक्षित उद्देश्य प्राप्तिका लागि मन्त्रालय सदैव क्रियाशिल हुने जनाउँदै निकाय प्रमुखहरूले आ–आफ्नो संस्थागत जिम्मेवारी मनन गरी कार्यसम्पादन गर्न आह्वान समेत गरेको छ । मन्त्री थापाले मन्त्रालयमा पदबहालीपछि यही जेठ ३० गतेदेखि मन्त्रालय सम्बद्ध निकायको स्थलगत भ्रमण गर्नुभएको थियो । भ्रमणका क्रममा मन्त्री थापाले मन्त्रालयको कार्यक्षेत्र संवेदनशिल भएकोले देश र जनताको हितलाई केन्द्रमा राखी समयबद्ध कार्ययोजनासहित कार्य सम्पादन गर्न निकाय प्रमुखहरूलाई निर्देशन दिनुभएको थिायो ।

    मन्त्री थापाले नेपाल पत्रकार महासङ्घको पनि अनुगमन भ्रमण गर्नुभएको थियो । भ्रमणका क्रममा मन्त्रालयका सचिव हरिप्रसाद बस्यालले सञ्चार तथा सूचना प्रविधिको क्षेत्र व्यापक भएकोले निरन्तर परिवर्तनशील भूमिका निभाउन एक परिवारको रुपमा मन्त्रालयले आवश्यकताअनुसार निरन्तर समन्वयकारी भूमिका खेल्ने विषयमा आश्वास्त पार्नुभएको थियो ।

    भ्रमणका क्रममा मन्त्रालयअन्तर्गतका निकायले निकायगत काम कारवाही, कार्यक्रम र बजेट कार्यान्वयनको अवस्था, संस्थाको वर्तमान अवस्था, भावि कार्ययोजना एवं आगामी आबको बजेट कार्यक्रम प्रस्तुत गरेका थिए ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    अपहरणमा परेको १२ दिनपछि १५ महिने बच्चाको सकुशल उद्धार
    जलवायु परिवर्तनको असर न्यूनीकरण तथा व्यवस्थापनका लागि विश्वसमुदायलाई आह्वान गरिने छ: प्रधानमन्त्री शाह
    व्यवसाय, समाजसेवा सँगसँगै राजनीतिमा सक्रिय ढकाल
    • ठूला ढुङ्गा पन्छाएर तुइलखोलाको पहिरोमा ‘नेलिङ’ गरिँदै
    • सुदूरपश्चिममा जडीबुटीः न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै
    • समस्यामा मात्रै सम्झिने कान्ति लोकपथ
    • जापानी स्वाददेखि दक्षिण एसियाली परिकारसम्म, भरतपुरमा खुल्यो ‘चित्वन स्पाईसी हर्ब’

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.