सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

सेजलको मृत्यु प्रकरणका आरोपित नियन्त्रणमा


  •    न्युजभित्तो/२ असार २०७८, बुधबार ११:०० 
  • दमक, २ असार । दमकको लाइफलाइन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अध्ययनरत छात्रा सेजल कोइरालाको बलात्कारपछि हत्या भएको आशङ्कामा प्रहरीले एक आरोपीलाई नियन्त्रणमा लिएको छ ।

    पीडित परिवारको तर्फबाट किटानी जाहेरी र मृतकको परीक्षण रिपोर्ट आएपछि प्रहरीले घटनामा संलग्न भएको आशङ्कामा भोजपुर जिल्ला घर भई हाल दमकमा बस्दै आएका अरुण राईलाई मङ्गलबार नियन्त्रणमा लिइएको जनाइएको छ ।

    अरुण र सेजलबीच प्रेम सम्बन्ध रहेको बताइएको छ । आरोपितलाई म्याद थपका लागि आज जिल्ला अदालतमा पेश गर्ने तयारी भइरहेको इलाका प्रहरी कार्यालय दमकका प्रहरी नायब उपरीक्षक नवराज कार्कीले बताउनुभयो ।

    दमक–५ स्थित एक घरमा डेरा गरी बस्दै आएका सेजल प्रतिष्ठानको रेडियोलोजी तेस्रो वर्षमा अध्ययनरत थिइन् । इलाम देउमाई नगरपालिका–४ मङ्गलबारेकी सेजल आफ्नै शौचालयको कमोडमा गत जेठ २७ गते साँझ बेहोस अवस्थामा भेटिएकी भन्दै साथीहरूले उपचारका लागि लाइफलाइन अस्पतालमा ल्याएका थिए । अस्पताल पुयाउने बित्तिकै सेजलको मृत्यु भएको थियो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    अपहरणमा परेको १२ दिनपछि १५ महिने बच्चाको सकुशल उद्धार
    जलवायु परिवर्तनको असर न्यूनीकरण तथा व्यवस्थापनका लागि विश्वसमुदायलाई आह्वान गरिने छ: प्रधानमन्त्री शाह
    व्यवसाय, समाजसेवा सँगसँगै राजनीतिमा सक्रिय ढकाल
    • ठूला ढुङ्गा पन्छाएर तुइलखोलाको पहिरोमा ‘नेलिङ’ गरिँदै
    • सुदूरपश्चिममा जडीबुटीः न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै
    • समस्यामा मात्रै सम्झिने कान्ति लोकपथ
    • जापानी स्वाददेखि दक्षिण एसियाली परिकारसम्म, भरतपुरमा खुल्यो ‘चित्वन स्पाईसी हर्ब’

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.