सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

नगर अस्पतालको आधुनिक भवन बनाइँदै


  •    न्युजभित्तो/२ असार २०७८, बुधबार १०:२७ 
  • नवलपुर, २ असार । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट नगरपालिकास्थित गैँडाकोट नगर अस्पतालको आधुनिक भवन निर्माण शुरु गरिएको छ । पन्ध्र शय्याको नगर अस्पतालको आधुनिक भवन निर्माणका लागि सङ्घीय सरकारले रु १८ करोड बजेट विनियोजन गरेपछि निर्माण शुरु गरिएको हो ।

    सरकारले विनियोजन गरेको रकममध्ये रु एक करोड बजेट निकासा भएलगत्तै नगर अस्पताल निर्माणको काम अगाडि बढेको नगरप्रमुख छत्रराज पौडेलले बताउनुभयो । आधुनिक सेवा सुविधासहितको नगर अस्पताल भवनको प्रारम्भिक चरणको निर्माण शुरु भएको भन्दै उहाँले भवन दुई वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी सम्झौता भएको जानकारी दिनुभयो ।

    आकस्मिक कक्ष निर्माणसँगै नगर अस्पतालले गत वर्षको फागुन २७ गतेदेखि सेवा प्रदान गर्दै आएको थियो । अस्पतालमा दुई मेडिकल अधिकृत (एमबिबीएस चिकित्सक) सहितका स्वास्थ्यकर्मीबाट सेवा प्रवाह भइरहेको छ । अस्पतालको नयाँ भवन निर्माणले पूर्णता पाएपछि सबै दरबन्दीसहित अहिले उपलब्ध हुन नसकेका सेवासमेत प्रदान गर्न सकिने नगरप्रमुख पौडेलले बताउनुभयो ।

    अस्पतालबाट हाल आकस्मिक सेवासहित प्रसूति सेवा, ड्रेसिङ सेवा तथा प्राथमिक उपचार सेवा प्रदान गरिँदै आएको छ । गैँडाकोट नगर अस्पताल विकास समितिका अध्यक्ष एवं गैँडाकोट–११ का वडाध्यक्ष गोविन्दप्रसाद सुवेदीले निर्माण शुरु गरिएको नयाँ भवनमा जेनेरेटर जडान, सेवा सहजताका लागि छुट्टाछुट्टै कक्ष तथा खानेपानीको सहज व्यवस्थापन हुने जानकारी दिनुभयो ।

    अस्पतालबाट प्रदान गरिने सेवासम्बन्धी तालिकालाई व्यवस्थित पार्ने, पुराना फाइल हटाउने, वरपर सरसफाइ गर्दै हरियाली बनाउने र अस्पतालमा बगैँचा व्यवस्थापन गर्दै नगर अस्पताललाई आकर्षक बनाउने गरी काम अगाडि बढेको सुवेदीले बताउनुभयो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    प्रसूति बिदा आमालाई छ महिना, बुबालाई ४२ दिन दिने प्रस्तावसहितको विधेयक
    अपहरणमा परेको १२ दिनपछि १५ महिने बच्चाको सकुशल उद्धार
    जलवायु परिवर्तनको असर न्यूनीकरण तथा व्यवस्थापनका लागि विश्वसमुदायलाई आह्वान गरिने छ: प्रधानमन्त्री शाह
    • व्यवसाय, समाजसेवा सँगसँगै राजनीतिमा सक्रिय ढकाल
    • ठूला ढुङ्गा पन्छाएर तुइलखोलाको पहिरोमा ‘नेलिङ’ गरिँदै
    • सुदूरपश्चिममा जडीबुटीः न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै
    • समस्यामा मात्रै सम्झिने कान्ति लोकपथ

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.