सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

नारायणी नदी इतिहासकै ठूलो, पानीको सतह १० मिटरमाथि


  •    न्युजभित्तो/१ असार २०७८, मंगलवार २१:१३ 
  • चितवन, १ असार । नारायणी नदी इतिहासमै ठूलो भएको छ । नदीले खतराको विन्दु पार गरेर धेरै माथि पुगेको हो । साँझ ९ बजे नदीको सतह १०.१ मिटर पुगेको छ ।

    गत वर्ष साउन ६ गते बिहान नारायणीको सतह ९.९१ मिटर पुगेको थियो । जुन विगत ४४ वर्ष यताकै बढी थियो । यसअघि सन् १९७४ अगष्ट ५ मा १० दशमलव १ मिटर पानीको तह पुगेको नारायणी बेसिन फिल्ड कार्यालय भरतपुरले जनाएको छ ।

    जिल्ला आपतकालीन सञ्चालन केन्द्रका अनुसार आज दिउँसो ४ बजेबाट पानीको वहाव बढ्दै गएको हो । केन्द्रका आनुसार नरायणी नदीमा पानीको बाहव ८ मिटरभन्दा माथि गएमा खतराको विन्दु पार गरेको मानिन्छ ।

    नदीमा पानीको वहाब वढेसँगै आज साँझ जिल्ला आपतकालीन सञ्चालन केन्द्रको टोलीले प्रभावित क्षेत्रको अनुगमन गरेको छ । टोलीमा भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाल, प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछाने, सुरक्षा निकायका प्रमुखहरुले अनुगमन गर्नु भएको छ । नदी बस्तिमा पस्न सक्ने क्षेत्रको अध्ययन समेत गरिएको छ ।

    नारायणी नदीसँगै राप्ती, रिउ खोलामा पानीको वहाब वढ्दै गएकाले नदी तटीय क्षेत्रमा वसोवास गर्ने जनतालाई सुक्षित स्थानमा गई बस्न जिल्ला प्रशासन कार्यालय चितवनले आग्रह गरेको छ । कार्यालयका प्रशासकीय अधिकृत खेमराज पौडेलद्वारा जारी सूचनामा पानीको वहाब बढेको यो समयमा दाउरा टिप्न, माछा मार्न भन्दै नदीमा नपस्न अनुरोध गरिएको छ ।

    यस्तै औषधि, खाद्यन्न, महत्वपूर्ण कागजहरु झोलामा तयारी अवस्थामा राख्न पनि नदी तटीय क्षेत्रमा बसोबास गर्ने जनतालाई आग्रह गरिएको छ ।
    नारायणी नदीका कारण भरतपुर महानगरपालिका वडा नं. १६, २६, २७ र २८ र राप्ती नदीले वडा नम्बर २२ र २३ मा बढी असर पार्र्ने गरेको छ । त्यस क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरिएको छ । महानगरका वडा नं. २६ र २७ को हिरापुर, सिसई, न्यूरेनि लगायतका ठाउँमा नारायणी नदीले तटबन्ध पार गरी मानव वस्तीतर्फ छिर्न शुरु गरेको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    प्रसूति बिदा आमालाई छ महिना, बुबालाई ४२ दिन दिने प्रस्तावसहितको विधेयक
    अपहरणमा परेको १२ दिनपछि १५ महिने बच्चाको सकुशल उद्धार
    जलवायु परिवर्तनको असर न्यूनीकरण तथा व्यवस्थापनका लागि विश्वसमुदायलाई आह्वान गरिने छ: प्रधानमन्त्री शाह
    • व्यवसाय, समाजसेवा सँगसँगै राजनीतिमा सक्रिय ढकाल
    • ठूला ढुङ्गा पन्छाएर तुइलखोलाको पहिरोमा ‘नेलिङ’ गरिँदै
    • सुदूरपश्चिममा जडीबुटीः न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै
    • समस्यामा मात्रै सम्झिने कान्ति लोकपथ

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.