लगातार बढ्दै नारायणी, सतह खतराविन्दुभन्दा .८२ मिटरमाथि
न्युजभित्तो/१ असार २०७८, मंगलवार १७:५७
चितवन, १ असार । नारायणी नदी लगातार बढ्दै गएको छ । नदीले खतराविन्दुभन्दा साँझ ५ः३५ बजेको समयमा .८२ मिटरमाथि पुगेको हो । साँझ ५ः३५ का जल मापन केन्द्र देवघाटका अनुसार नारायणी नदीले आज दिउँसोदेखि नै खतराको तह नाघेको छ । यस क्षेत्रमा ८ मिटर पानीको सतहलाई खतराको तह मानिन्छ । सतह बढेर ८.८२ मिटर पुगेको छ ।
नारायणीको सतह अझै बढ्ने क्रममा रहेको केन्द्र देवघाटले जनाएको छ । नारायणीले खतराको तह पार गरेसंगै नदी तटीय क्षेत्रमा जोखिम बढेको छ । त्यस क्षेत्रमा सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालय चितवनले आग्रह गरेको छ ।
चितवन, १ असार । नारायणी नदी लगातार बढ्दै गएको छ । नदीले खतराविन्दुभन्दा साँझ ५ः३५ बजेको समयमा .८२ मिटरमाथि पुगेको हो । साँझ ५ः३५ का
जल मापन केन्द्र देवघाटका अनुसार नारायणी नदीले आज दिउँसोदेखि नै खतराको तह नाघेको छ । यस क्षेत्रमा ८ मिटर पानीको सतहलाई खतराको तह मानिन्छ । सतह बढेर ८.८२ मिटर पुगेको छ ।