सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

सेतीवेणी बजार डुबानमा, शालिग्राम क्षेत्रसहित १८ घर डुबानमा


  •    न्युजभित्तो/१ असार २०७८, मंगलवार १६:४२ 
  • गुल्मी,१ असार । अविरल वर्षाका कारण पर्वततर्फबाट बगेर आउने सेतीखोलाको बाढीले गुल्मी, स्याङ्जा र पर्वत जिल्लाको संगमस्थल सेतीवेणी बजार डुबानमा परेको छ ।

    विश्वकै ठुलो शालिग्राम भएको  स्याङ्गजातर्फको सेतीवेणी बजार र मन्दिर क्षेत्र समेत डुबानमा परेको छिमेकी तथा गुल्मीको कालिगण्डकी गाउँपालिका–२  अर्वेनीका वडाध्यक्ष देविप्रसाद न्यौपानेले जानकारी दिए ।

    मंगलबार विहान ४ बजेदेखि कालिगण्डकी नदीमा मिसिने सेतीखोला बढेर आएपछि  छेउका मन्दिर सहित १८ घर डुबानमा परेको उनले बताए । त्यहाँका प्रभावितलाई सुरक्षित स्थानमा सारिएको वडाध्यक्ष न्यौपानेले बताए ।

    स्थानीयका अनुसार कालिगण्डकीको  पानीको सतह २८ बर्ष यताकै  उच्च विन्दुमा पुगेको छ ।  जसका कारण  पवित्र शालिग्राम–शिला र शालिग्र्राम क्षेत्रका सत्तल लगायतका सबै संरचनाहरु  डुबाएको छ ।

      सेतीवेणी बजारको  उत्तर र पूर्व   पर्वतको विहादी  गाउँपालिका– ६ मा पर्दछ । वल्लो भेग  दक्षिण  र पुर्व  स्याङ्गजाको  गलेङ्ग नगरपालिका ५ र पश्चिम  कालिगण्डकी नदि किनार गुल्मीको गाउँपालिका २  अर्वेनी पर्दछ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    अपहरणमा परेको १२ दिनपछि १५ महिने बच्चाको सकुशल उद्धार
    जलवायु परिवर्तनको असर न्यूनीकरण तथा व्यवस्थापनका लागि विश्वसमुदायलाई आह्वान गरिने छ: प्रधानमन्त्री शाह
    व्यवसाय, समाजसेवा सँगसँगै राजनीतिमा सक्रिय ढकाल
    • ठूला ढुङ्गा पन्छाएर तुइलखोलाको पहिरोमा ‘नेलिङ’ गरिँदै
    • सुदूरपश्चिममा जडीबुटीः न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै
    • समस्यामा मात्रै सम्झिने कान्ति लोकपथ
    • जापानी स्वाददेखि दक्षिण एसियाली परिकारसम्म, भरतपुरमा खुल्यो ‘चित्वन स्पाईसी हर्ब’

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.