सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

चीनद्वारा नेटोको ‘प्रणालीगत चुनौति’ को दावीलाई अस्वीकार


  •    न्युजभित्तो/१ असार २०७८, मंगलवार १५:३७ 
  • ब्रसेल्स, १ असार । चीनले सोमबार नेटोद्वारा जारी विज्ञप्तिमा बेइजिङले ‘प्रणालीगत चुनौतीहरू’ प्रस्तुत गर्दै आएको भन्ने दावीलाई खण्डन गरेको छ । नेटोको भनाइप्रति असहमति जनाउँदै चीनले नेटामा ‘शीतयुद्धकालीन मानसिकता र समूह राजनीतिको निरन्तरता’ रहेको भन्दै असन्तुष्टि व्यक्त गरेको छ ।

    यूरोपेली यूनियन (ईयू) का लागि चिनियाँ नियोगका प्रवक्ताले एक विज्ञप्तिमार्फत् भन्नुभयो, “चीन प्रतिरक्षा नीतिप्रति प्रतिबद्ध छ जुन ‘प्राकृतिक प्रतिरक्षा हो’ र चीनको रक्षा र सैनिक आधुनिकीकरणको कार्य ‘न्यायसङ्गत, उचित, खुला र पारदर्शी’ रहेको छ ।” सन् २०१९ पछि उत्तर एटलान्टिक सन्धि संगठन (नेटो) को पहिलो बैठकमा चीन छलफलको केन्द्रबिन्दु थियो ।

    सोमबार जारी विज्ञप्तिमा नेटो नेताहरूले चीनको ‘अडान’बारे चासो व्यक्त गर्दै ‘बेइजिङको जबरजस्त नीति’प्रति चिन्ता व्यक्त गरेका साउथ चाइना मर्निङ पोस्टमा उल्लेख छ । युरोपेली र उत्तर अमेरिकी ३० देशहरुको नेटो गठबन्धनले चीनले ‘प्रणालीगत चुनौती’ पेश गरेको र बेइजिङले सिर्जना गरेको प्रभाबको प्रतिरोध गर्ने प्रतिवद्धता जनाएका छन् ।

    शिखर सम्मेलनको समापनपछि पत्रकार सम्मेलनमा नेटोका महासचिव जेन्स स्टोल्टनबर्गले भन्नुभयो, “चीनले ‘धेरै हतियारहरू र अत्याधुनिक परिष्कृत, प्रक्षेपण प्रणालीको साथ आफ्नो परमाणु शस्त्रागार द्रुत रूपमा विस्तार गरिरहेको छ साथै रूससँगको सैन्य सहकार्य बढाएको छ’ भन्ने पुष्टि भएको छ ।

    “नेटो नेताहरूले चीनसँग उसको अन्तर्राष्ट्रिय प्रतिबद्धताहरूलाई समर्थन गर्न, अन्तरिक्ष प्रणाली, साइबर र समुद्रिक क्षेत्रलगायतका अन्तर्राष्ट्रिय प्रणालीमा जिम्मेवार भई कार्य गर्नका लागि प्रमुख शक्तिको रूपमा आफ्नो भूमिका निर्वाह गर्न आह्वान गरेका छन्,” स्टोल्टनबर्गले भन्नुभयो । साउथ चाइना मर्निङ पोस्टका अनुसार ७९ बुँदे कथनमा तीन अनुच्छेद र १० लाई चीनप्रति समर्पित गरिएको छ ।

    नेटोका महासचिव स्टोल्टनबर्गको टिप्पणीप्रति प्रतिक्रिया व्यक्त गर्दै चीनले कुनै पनि बेला र कुनै पनि परिस्थितिमा आणविक हतियारहरूको प्रयोग नगरेको पहिलो सिद्धान्तको पालना गर्दछ र गैर आणविक हतियार नभएका राष्ट्रहरूलाई आणविक हतियार मुक्त क्षेत्र घोषणा गर्दै उनीहरूविरूद्ध आणविक हतियारको प्रयोग गर्ने वा धम्की नदिने बताएको छ ।

    “म यो प्रश्न सोध्न चाहन्छु कि ‘शान्ति, सुरक्षा र स्थायित्व’को लागी प्रयास गरिरहेका नेटो र त्यसका सदस्य राष्ट्रहरुले पनि के चीन जत्तिकै प्रतिबद्धता व्यक्त गर्न सक्छन् भनी नियोगका प्रवक्ताले प्रतिप्रश्न गर्नुभएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    चितवनमा औषधि खाने एचआइभी सङ्क्रमित एक हजार २०० बढी
    चितवनको शवदाह गृह सञ्चालनमा आउन सकेन
    बन्दीपुरमा क्यान्टिलिभर ग्लास स्काइ वाक बन्दै
    • आर्थिक अनुशासन कायम गर्नुपर्नेमा राष्ट्रपतिको जोड
    • नयाँ गठित ‘विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालय’ ले गर्नेछ यी काम
    • सशस्त्रको पर्वतीय उद्धार तालिम शिक्षालयबाट २५० बढीले लिए उच्च भू–भाग उद्धार तालिम
    • मोटरसाइकलको ठक्करबाट वृद्धको मृत्यु

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.