सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

पोखरीमा डुबेर बालिकाको मृत्यु


  •    न्युजभित्तो/१ असार २०७८, मंगलवार १५:२१ 
  • सप्तरी, १ असार । पोखरीमा नुहाउन गएकी एक बालिकाको डुबेर मृत्यु भएको छ । सप्तरी जिल्लाको महादेवा गाउँपालि–२ बस्ने अनील मण्डलकी छोरी पाँच वर्षीया अपेक्षाकुमारी मण्डलको डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । घर नजिकै रहेको पोखरीमा आफन्तसँग नुहाउन गएकी बालिका पोखरीको डिलमा बसेर नुहाइरहेकी थिइन् ।

    डलबा चिप्लिएर पोखरीमा डुब्दा बेहोस् भएकी बालिकालाई तत्काल उपचारको लागि गजेन्द्रनारायण सिंह अस्पताल राजविराज ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले बताउनुभयो । मृतक बालिकाको राजविराजस्थित अस्पतालमा पोष्टमार्टम भएको छ । यसैबीच सवारी दुर्घटनामा घाइते भएका सप्तरीको खडक नगरपालिका–८ ढोलबजा बस्ने बौवालाल चौधरीको छोरा २२ वर्षीय अनिल चौधरीको मृत्यु भएको छ ।

    सप्तरीको खडक नगरपालिका–८ पहाडे भदैया चोकस्थित बोदेबर्साईन–बिसनपुर भित्री सडक खण्डमा सोमबार राति १० बजे भएको दुर्घटनामा घाइते मोटरसाइकल चालक चौधरीको मृत्यु भएको सप्तरी प्रहरीले जनाएको छ । बिसनपुर चोकबाट बोदेबर्साईन बजारतर्फ जाँदै गरेको ‘अन टेस्ट’ मोटरसाइकललाई स १ त २७२६ नम्बरको ट्याक्टरले ठक्कर दिँदा चौधरी घाइते भएका थिए ।

    घाइते चौधरीलाई ईलाका प्रहरी कार्यालय कडरबोना सप्तरीको मोबाईल गाडीमा राखी उपचारका लागि रामप्रसाद शारदा उमाप्रसाद मुरारका अस्पताल लहान पठाइएको थियो । ठक्कर दिने ट्याक्टरलाई प्रहरी नियन्त्रणमा राखी थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय कडरबोनाका प्रहरी निरीक्षक बिरेन्द्र पासवानले बताउनुभयो । (रासस)

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    अपहरणमा परेको १२ दिनपछि १५ महिने बच्चाको सकुशल उद्धार
    जलवायु परिवर्तनको असर न्यूनीकरण तथा व्यवस्थापनका लागि विश्वसमुदायलाई आह्वान गरिने छ: प्रधानमन्त्री शाह
    व्यवसाय, समाजसेवा सँगसँगै राजनीतिमा सक्रिय ढकाल
    • ठूला ढुङ्गा पन्छाएर तुइलखोलाको पहिरोमा ‘नेलिङ’ गरिँदै
    • सुदूरपश्चिममा जडीबुटीः न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै
    • समस्यामा मात्रै सम्झिने कान्ति लोकपथ
    • जापानी स्वाददेखि दक्षिण एसियाली परिकारसम्म, भरतपुरमा खुल्यो ‘चित्वन स्पाईसी हर्ब’

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.