सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

प्रदेश तहमा कोभिड–१९ युनिफाइड अस्पताल तोक्ने तयारी


  •    न्युजभित्तो/१ असार २०७८, मंगलवार १५:०१ 
  • काठमाडौँ, १ असार । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सातवटै प्रदेशमा ‘कोभिड–१९ युनिफाइड प्रादेशिक अस्पताल’ तोक्ने तयारी गरेको छ । कोभिड–१९ युनिफाइड केन्द्रीय अस्पताल (वीर अस्पताल)ले प्रदेशमा सञ्चालन भइरहेका अस्पताललाई ‘कोभिड–१९ युनिफाइड प्रादेशिक अस्पताल’ तोक्ने तयारी गरिएको छ ।

    केन्द्रीय अस्पतालका प्रमुख प्रशासकीय अधिकारीमा डा जागेश्वर गौतमले प्रदेशस्तरमा अहिले सञ्चालन भइरहेका सङ्घअन्तर्गत अस्पतालाई नै युनिफाइड प्रादेशिक अस्पताल बनाउने तयारी भइरहेको जानकारी दिनुभयो । ती अस्पतालले कोभिड–१९सँगै अन्य बिरामीको पनि उपचार गर्न सक्ने छन् ।

    केन्द्रीय अस्पतालले नै प्रदेश सरकारसँग समन्वय गरी प्रदेशस्थित सङ्घ वा प्रादेशिक अस्पतालाई कोभिड–१९ युनिफाइड प्रादेशिक अस्पतालको रुपमा तोक्ने सक्ने व्यवस्था रहेको छ । उहाँका अनुसार प्रदेश–१ मा विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, प्रदेश–२ जनकपुर प्रादेशिक अस्पताल वा नारायणी अस्पताल वीरगञ्ज, वागमती प्रदेशमा भरतपुर अस्पताल, गण्डकी प्रदेशमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, लुम्बिनी प्रदेशमा भेरी प्रादेशिक अस्पताल, कर्णाली प्रदेशमा कर्णाली प्रादेशिक अस्पताल र सुदुरपश्चिम प्रदेशमा सेती प्रादेशिक अस्पताललाई युनिफाइड अस्पताल बनाउन सकिन्छ । उहाँले यी अस्पताललाई युनिफाइड प्रादेशिक अस्पताल तोक्ने विषयमा मन्त्रालय र प्रदेश सरकारसँग छलफल भइरहेको बताउनुभयो ।

    सरकारले कोभिड–१९ सङ्क्रमितको निदान र उपचारको काम एकीकृतरुपमा सञ्चालन र व्यवस्थापन गर्न केन्द्र र प्रदेशमा छुट्टाछुट्टै युनिफाइड अस्पताल सञ्चालनमा ल्याइने निर्णय गरेको थियो ।

    वीर अस्पताल पूर्णरूपमा सञ्चालन

    प्रमुख प्रशासकीय अधिकारीमा डा गौतमले केन्द्रीय युनिफाइड अस्पतालमा ५०० शय्या सञ्चालन पूरा तयारी गरिएको जानकारी दिनुभयो । उहाँले तरल अक्जिसन प्लान्ट र दुई वटा अक्सिजन प्लान्ट जडान गरिसकेपछि अस्पताललाई पूर्णरूपमा सञ्चालन गरिने बताउनुभयो । उहाँका अनुसार आगामी विहीबारसम्म अक्सिजन प्लान्ट आइपुग्ने छ । अहिले वीरले अक्सिजन सिलिण्डरबाट बिरामीको उपचार गरिरहेको छ ।

    अहिले केन्द्रीय युनिफाइड अस्पतालमा १३० जना सङ्क्रमितको उपचार भइरहेको छ । वीरको ५०० शय्याको नयाँ सर्जिकल भवनमा नै उक्त अस्पताल सञ्चालन हुने छ । यही जेठ ६ गते कोभिड–१९ सङ्कट व्यवस्थापन अध्यादेश–२०७८ मार्फत सरकारले वीरलाई युनिफाइड केन्द्रीय अस्पतालको रूपमा सञ्चालन ल्याउने निर्णय गरेको थियो ।

    युनिफाइड अस्पतालले सङ्क्रमितको उपचार व्यवस्थापन ९अक्सिजन आइसोलेसन, हाइ डिपिडेन्सी (एचडियु) र सघन उपचार कक्ष ९ आइसिय०ुको व्यवस्थापन, टेलिमेडिसिन कल सेन्टर, होम आइसोलेशन फलोअप, एम्बुलेन्स, आकस्मिक सेवाको साथै शय्या खाली भएका स्वास्थ्य संस्थामा सङ्क्रमितको भर्नाका लागि आवश्यक समन्वय पनि गर्ने छ । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    अपहरणमा परेको १२ दिनपछि १५ महिने बच्चाको सकुशल उद्धार
    जलवायु परिवर्तनको असर न्यूनीकरण तथा व्यवस्थापनका लागि विश्वसमुदायलाई आह्वान गरिने छ: प्रधानमन्त्री शाह
    व्यवसाय, समाजसेवा सँगसँगै राजनीतिमा सक्रिय ढकाल
    • ठूला ढुङ्गा पन्छाएर तुइलखोलाको पहिरोमा ‘नेलिङ’ गरिँदै
    • सुदूरपश्चिममा जडीबुटीः न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै
    • समस्यामा मात्रै सम्झिने कान्ति लोकपथ
    • जापानी स्वाददेखि दक्षिण एसियाली परिकारसम्म, भरतपुरमा खुल्यो ‘चित्वन स्पाईसी हर्ब’

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.