सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

मुख्यमन्त्री राउतद्वारा योग शिविरको शुभारम्भ


  •    न्युजभित्तो/१ असार २०७८, मंगलवार १४:२८ 
  • धनुषा, १ असार  । मुख्यमन्त्री लालबाबु राउतले सातौं अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा सात दिवसीय योग शिविरको शुभारम्भ गर्नु भएको छ ।

    पतंञ्जली योग समिति प्रदेश नं.२ ले आयोजना गरेको योग शिवरको मुख्यमन्त्री राउतले भर्चुअल प्रविधिमार्फत शुभारम्भ गर्नु भएको हो । सो अवसरमा उहाँले अहिलेको व्यस्त जीवनमा आफू स्वस्थ्य रहन योग अपरिहार्य रहेको बताउनुभयो ।

    योगलाई जनजनमा पुयाउन रामदेवले खेल्नु भएको भूमिका एवं विश्व स्तरमा स्थापित गराउन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भूमिकालाई प्रशंसा गर्नु हुँदै मुख्यमन्त्री राउतले शहरी क्षेत्रमा मात्र सिमित योगलाई ग्रामीण क्षेत्रसम्म पुयाउनुपर्नेमा जोड दिनुभयो ।

    समारोहमा प्रदेश सभा सदस्य एवं पतञ्जली योग समितिका प्रमुख सल्लाहकार कौशल यादवले स्वस्थ्य जीवनका लागि योगको महत्वका बारेमा प्रकाश पार्नुभयो ।

    योग समितिका प्रदेश अध्यक्ष हरिहरलाल चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा भूमि व्यवस्था कृषि तथा सहकारी राज्यमन्त्री योगेन्द्र राय यादव, प्रमुख सचिव गोकर्णमणि दुवाडी, मुख्य न्यायाधिवक्ता दिपेन्द्र झा, पतञ्जली योग शिविरका पदाधिकारीहरुसहितको उपस्थिति थियो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    अपहरणमा परेको १२ दिनपछि १५ महिने बच्चाको सकुशल उद्धार
    जलवायु परिवर्तनको असर न्यूनीकरण तथा व्यवस्थापनका लागि विश्वसमुदायलाई आह्वान गरिने छ: प्रधानमन्त्री शाह
    व्यवसाय, समाजसेवा सँगसँगै राजनीतिमा सक्रिय ढकाल
    • ठूला ढुङ्गा पन्छाएर तुइलखोलाको पहिरोमा ‘नेलिङ’ गरिँदै
    • सुदूरपश्चिममा जडीबुटीः न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै
    • समस्यामा मात्रै सम्झिने कान्ति लोकपथ
    • जापानी स्वाददेखि दक्षिण एसियाली परिकारसम्म, भरतपुरमा खुल्यो ‘चित्वन स्पाईसी हर्ब’

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.