नारायणगढ–मुग्लिन सडक खण्डमा ठाउँ ठाउँमा पहिरो, सडक अवरुद्ध
न्युजभित्तो/१ असार २०७८, मंगलवार ११:५८
चितवन, १ असार । नारायणगढ– मुग्लिन सडक खण्डको ठाउँठाउँमा ढुङ्गा र लेदो सहितको पहिरो खसेपछि सडक अवरुद्ध बनेको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार सडकका बिभिन्न ठाउँहरुमा ढुङ्गा र लेदो खसेको हो ।
कार्यालयका प्रबक्ता डिएसपी सूर्यबहादुर थापाका अनुसार सडक खण्डको सात दोवाटो र घुमाउनेमा ठूलो ढुङ्गा खसेर सडक एक तर्फी सञ्चालनमा आएको छ । कालिखोला, जलबिरे, सत्र किलो लगायतका ठाउँमा ढुङ्गा र लेदो खसेको छ । सडकमा खसेका ढुङ्गा पन्छाउनका लागि डिभिजन सडक कार्यालयसंग समन्वय भइरहेको उहाँले जानकारी दिनुभयो । निरन्तरको वर्षाका कारण ढुङ्गा पन्छाउन कठिन भएको उहाँले जानकारी दिनुभयो । पन्छाउन नसकिएपछि सडक खण्ड अवरुद्ध बनेको हो ।

(फाईल तस्वीर)