सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

पश्चिम खण्डमा मध्यपहाडी राजमार्ग कालोपत्र


  •    न्युजभित्तो/१ असार २०७८, मंगलवार ११:३२ 
  • दैलेख, १ असार । मध्यपहाडी पुष्पलाल राजमार्गअन्तर्गत दैलेखको पश्चिम खण्ड रावतकोटबाट चक्रता हुँदै रामाघाटसम्मको सडकखण्डमा पहिलो चरणको कालोपत्रको काम शुरु गरिएको छ ।

    मौसमले साथ दिएको खण्डमा असार दोस्रो सातासम्म १० किलोमिटरभन्दा बढी कालोपत्र सम्पन्न गर्ने तयारीअनुसार धमाधम काम गरिएको हो ।

    निषेधाज्ञाको अवधिमा समेत सामाजिक दूरी कायम गरेर मध्यपहाडी राजमार्गका विभिन्न आठ स्थानमा काम सञ्चालन भइरहेको छ । सदरमुकामको पश्चिम रावतकोटबाट पादुकासम्मको सडक निर्माणको जिम्मा लिएको पप्पु हिमाल हाइड्रो जेभीको लापरवाहीका कारण गत असारमै सम्पन्न गर्नुपर्नेमा काम यो वर्षबाट शुरु गरिएको छ ।

    निर्माण कम्पनीले भनेको समयमा काम सम्पन्न नगरेपछि जिल्ला प्रशासन कार्यालय र जिल्ला आयोजना कार्यालयको ताकेतापश्चात जेठ २५ देखि करिब १६ किलोमिटर सडकखण्ड कालोपत्रको काम शुरु गरिएको छ । गत वर्ष चैतदेखि कोरोना सङ्क्रमण बढेपछि काम रोकिएको र यस वर्षको असारसम्म १० किलोमिटर कालोपत्र सक्ने कम्पनीका कृष्ण ढुङ्गानाले जानकारी दिनुभयो । कम्पनीको म्याद थपसमेत हुनसकेको छैन ।

    करिब ३१ किलोमिटर सडकमध्ये मनसुनअघि नै करिब १० किलोमिटर सडक कालोपत्र गर्ने तयारी रहेको मध्यपहाडी पुष्पलाल राजमार्ग आयोजना दैलेखका प्रमुख डा अर्जुन बमले बताउनुभयो । सडक निर्माणको सर्वपक्षीय अनुगमन गरिएको छ । कामको प्रगति, गुणस्तर, आएका समस्या समाधानका लागि आयोजनाको काम थप प्रभावकारी हुन सहयोग पुग्ने बमको भनाइ छ ।

    सदरमुकामको पूर्वी क्षेत्र लोहोरेबाठ सुयाडा खण्डको १८ किलोमिटर सडक कालोपत्र भइसकेको छ । देशकै गौरवको आयोजना भएकाले सडकखण्डमा देखिएका समस्याको स्थलगतरूपमै समाधानका लागि जिल्ला प्रशासनको अगुवाइमा सर्वपक्षीय अनुगमन गरिएको दैलेखका प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेलले बताउनुभयो ।

    आफू जिल्लामा आएलगत्तै गौरवका आयोजना र अन्य सबै योजनाको प्रभावकारिताका बारेमा सम्बन्धित सबै निकायसँग समन्वय, निर्देशन र अनुगमनलाई प्रभावकारी बनाएको प्याकुरेलको भनाइ छ । कामको गुणस्तर र सडक क्षेत्रमा बायोइञ्जीनियरिङ गर्ने काम प्रभावकारी बनाउनेलगायतका विषयमा स्थलगतरूपमै सुझाव दिइएको जिल्ला समन्वय समिति दैलेखका प्रमुख प्रेम थापाले बताउनुभयो ।

    दैलेखको पूर्वदेखि पश्चिम खण्डका अधिकांश भूभाग मध्यपहाडी राजमार्गले छोएका कारण जिल्लाको आर्थिक अवस्था सुधारमा टेवा पुग्ने नेपाली कांग्रेस दैलेखका पार्टी सचिव भूपेन्द्र शाहीले जानकारी दिनुभयो । जिल्लाभर १२५ किलोमिटर सडक एक वर्षभित्र सबै स्थानमा कालोपत्र सक्ने तयारी गरिएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    अपहरणमा परेको १२ दिनपछि १५ महिने बच्चाको सकुशल उद्धार
    जलवायु परिवर्तनको असर न्यूनीकरण तथा व्यवस्थापनका लागि विश्वसमुदायलाई आह्वान गरिने छ: प्रधानमन्त्री शाह
    व्यवसाय, समाजसेवा सँगसँगै राजनीतिमा सक्रिय ढकाल
    • ठूला ढुङ्गा पन्छाएर तुइलखोलाको पहिरोमा ‘नेलिङ’ गरिँदै
    • सुदूरपश्चिममा जडीबुटीः न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै
    • समस्यामा मात्रै सम्झिने कान्ति लोकपथ
    • जापानी स्वाददेखि दक्षिण एसियाली परिकारसम्म, भरतपुरमा खुल्यो ‘चित्वन स्पाईसी हर्ब’

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.