सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

धुलिखेललगायत चार अस्पताललाई शाङ्पा फाउण्डेशनद्वारा सहयोग


  •    न्युजभित्तो/१ असार २०७८, मंगलवार ११:०२ 
  • बनेपा, १ असार । काभ्रेपलाञ्चोकको धुलिखेल अस्पताललगायत अन्य ठूला चार अस्पताललाई शाङ्पा फाउण्डेशन नेपालद्वारा स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको छ ।

    कोरोना भाइरस दोस्रो लहरको प्रभाव परिरहेको बेला सङ्क्रमितको उपचारमा थप सहयोग प्रदान गर्नका लागि साङ्घाई जेड बुद्ध मन्दिर (चाइना), साङ्घाई जु क्वान कल्चर एण्ड एजुकेशनल फाउण्डेशन (चाइना) र तन ङक बुय एण्ड की मेङ्कलङ फाउण्डेशन (सिङ्गापुर)को सहयोगमा साङ्घाई फाउण्डेशन नेपालद्वारा धुलिखेल अस्पताललगायत अन्य अस्पताललाई सो सामग्री हस्तान्तरण गरिएको हो ।

    कोरोना सङ्क्रमणको कठिन समयमा नेपाली जनताको जीवन बचाउनका लागि शाङ्पा फाउण्डेशन नेपालको सक्रियतामा आवश्यक स्वास्थ्य सामग्री सहयोग पुयाएको फाउण्डेशनले जनाएको छ ।

    उपलब्ध सामग्रीमा ५०० थान अक्सिजन कन्सन्ट्रेटर, पाँच हजार थान डिस्पोजेबल अक्सिजन मास्क, २३ हजार ४७५ थान एन–९९ र एन–९५ मास्क, १२ हजार थान ग्लोब्स, दुई हजार १८० गगल्स, आठ हजार ३९८ किटनाशक बोतल र एक हजार २०० थान पिपिइ सेट रहेको छ । बेइजिङस्थित नेपाली राजदूतावास, साङ्घाईस्थित नेपालको वाणिज्य दूतावास र धुलिखेल अस्पतालको समन्वयमा ती सामग्री प्राप्त भएको शाङ्पा फाउण्डेशनका अध्यक्ष शाङ्पा रिन्पोछेले बताउनुभयो ।

    यस्तो परिस्थितिमा परोपकारी सहयोगका लागि सहयोगी दातालाई धन्यवाद व्यक्त गर्दै सबैको सहयोगबाट मात्रै अपरिहार्य सहायता र चिकित्सा आपूर्तिको समयमा नै वितरण सम्भव हुने उहाँले बताउनुभयो । यसअघि पनि सो संस्थाले विसं २०७२ को विनाशकारी भूकम्प र कोभिड–१९ को पहिलो लहरमा पनि मानवीय सेवाका कार्यमा सक्रिय भूमिका खेल्दै आएको फाउण्डेशनका अध्यक्ष रिन्ेपोछेले बताउनुभयो ।

    सहयोग हस्तान्तरणका लागि फाउण्डेशनका निर्देशक प्रकाश भट्ट र प्रतिनिधि खेन्पो टासीको उपस्थितिमा धुलिखेल अस्पताल पुगेर हस्तान्तरण गरिएको हो । सोही क्रममा प्राप्त सामग्री धुलिखेल अस्पतालबाट कीर्तिपुर अस्पताल, लुम्बिनी अस्पताल र पोखरामा ट्रपिकल र सङ्क्रामक रोग अस्पताललाई समेत सोही अवसरमा हस्तान्तरण गरिएको फाउण्डेशनले जनाएको छ ।

    यसरी ठूला चार अस्पतालमा गरी फाउण्डेशनले रु पाँच करोड १२ लाख ८० हजार बराबरको स्वास्थ्य सामग्री हस्तान्तरण गरेको जनाएको छ । नेपालमा शाङ्पा फाउण्डेशन नेपालले सन् २००६ देखि निरन्तर मानव सेवाको क्षेत्रमा काम गर्दै आएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    अपहरणमा परेको १२ दिनपछि १५ महिने बच्चाको सकुशल उद्धार
    जलवायु परिवर्तनको असर न्यूनीकरण तथा व्यवस्थापनका लागि विश्वसमुदायलाई आह्वान गरिने छ: प्रधानमन्त्री शाह
    व्यवसाय, समाजसेवा सँगसँगै राजनीतिमा सक्रिय ढकाल
    • ठूला ढुङ्गा पन्छाएर तुइलखोलाको पहिरोमा ‘नेलिङ’ गरिँदै
    • सुदूरपश्चिममा जडीबुटीः न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै
    • समस्यामा मात्रै सम्झिने कान्ति लोकपथ
    • जापानी स्वाददेखि दक्षिण एसियाली परिकारसम्म, भरतपुरमा खुल्यो ‘चित्वन स्पाईसी हर्ब’

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.