सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

चितवनमा निषेधाज्ञाको समयमा १५ मुद्दा फैसला, ७८ कैदीबन्दी थपिए


  •    न्युजभित्तो/१ असार २०७८, मंगलवार ०८:४७ 
  • चितवन, १ असार । कारागार कार्यालय चितवनमा निषेधाज्ञाको समयमा ७८ कैदीबन्दी थपिएका छन् । कार्यालय प्रमुख कमलप्रसाद काफ्लेका अनुसार नवलपुर जिल्ला अदालतबाट १४, चितवन जिल्ला अदालतबाट ६३ र मकवानपुरबाट एक जना कैद सजाय र पुर्पक्षका लागि पठाइएका हुन् ।

    कोरोना कहरका कारण स्थानीय प्रशासनले गत वैशाख १७ गतेदेखि गरेको निषेधाज्ञाका समयमा सो सङ्ख्यामा कैदीबन्दी थपिएको उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार थपिनेमा चितवनका मध्ये लागूऔषधका २३, जबर्जस्तीकरणीका १४, सवारी ज्यान मुद्दाका १२ र चोरी मुद्दाका सात जना रहेका छन् । यस्तै खोटा चलानका चार, काठ तस्करका तीन, ज्यान मार्ने उद्योग, अभद्र व्यवहार, सरकारी कागाजात किर्ते र कर्तव्य ज्यानका दुई/दुई, जिउ मास्ने बेच्ने एक तथा गैँडा तस्कर एक जना रहेका छन् ।

    यस्तै नवलपुर जिल्ला अदालतबाट आएकामध्ये सबैभन्दा धेरै लागूऔषध मुद्दाका रहेका छन् । लागूऔषध मुद्दामा चार, जबर्जस्तीकरणीमा तीन, सवारी ज्यानमा दुई र बहुविवाहका दुई जना रहेका छन् । काफ्लेका अनुसार बैंकिङ कसुर, भ्रष्टाचार र डाँका मुद्दाका एक÷एक जना रहेका छन् ।

    मकवानपुरबाट लागूऔषध मुद्दाका एक जनालाई कारागार कार्यालय चितवन पठाइएको छ । सोही समयावधिमा कार्यालयबाट ६२ जना छुटेका छन् । गणतन्त्र दिवसका अवसरमा जेठ १५ गते राष्ट्रपतिबाट आम माफी पाएका १६ र अन्य कैद भुक्तान गरेर र अदालतबाट मुद्दा फैसला भएर छुटेका हुन् ।

    यस समयमा कारागार आएका कैदीबन्दीलाई कारागारभित्रै १५ दिन क्वारेन्टिनमा राख्ने गरिएको छ । क्वारेन्टिनका लागि भित्र छुट्टै कोठाको व्यवस्था गरिएको उहाँले बताउनुभयो । अहिले कारागार कार्यालय चितवनमा ६७५ कैदीबन्दी रहेका छन् । पच्चीस जनाको क्षमता रहेको महिला बन्दीगृहमा ५२ र २५५ जना क्षमताको पुरुष बन्दीगृहमा ६२३ कैदीबन्दी रहेका छन् । कारागारमा तीन आश्रित बालिका रहेका छन् ।

    १५ मुद्दा फैसला

    निषेधाज्ञाको समयमा चितवन जिल्ला अदालतले १५ वटा मुद्दाको फैसला गरेको छ । स्थानीय प्रशासनले लगाएको निषेधाज्ञाको समयमा भएका ६६ वटा मुद्दाको थुनछेकका क्रममा सो सङ्ख्यामा फैसला भएको हो ।

    अदालतको तहसिलदार पुरुषोत्तम पौडेलका अनुसार अदालतले अभियोगका साथ पेश भएका सरकारवादी फौजदारी मुद्दा मात्रै हेरेको थियो । उहाँका अनुसार सो समयमा ८४ वटा मुद्दामा थुनछेक आदेश भएको छ भने एउटा मुद्दा प्रक्रियाकै क्रममा रहेको छ । थुनछेक आदेश हुनेमा एउटा बन्दीप्रत्यक्षीकरणको रिटसमेत रहेको उहाँले बताउनुभयो । बन्दी प्रत्यक्षीकरणको मुद्दासहित १५ वटा मुद्दाको फैसला भएको हो ।

    निषेधाज्ञाका कारण सेवाग्राहीहरु अदालतसम्म आउन कठिन भएकाले अन्य मुद्दा दर्ता हुन नसकेको उहाँको भनाइ छ । स्थानीय प्रशासनले वैशाख १७ गतेदेखि लगाएको निषेधाज्ञा जारी राखेको छ । सो समयमा जिल्लामा अधिकांश लागूऔषधका मुद्दा दर्ता भएको उहाँले जानकारी दिनुभयो । लागूऔषधका २१ मुद्दामा ३९ जना, सवारी ज्यानका १६ मुद्दामा १६ जना, जबर्जस्तीकरणीका चार मुद्दामा चार जना र दुई करणी उद्योगका मुद्दामा २ जना रहेका छन् । यस अवधिमा प्रहरीले विभिन्न मुद्दामा गरी ९७ जना प्रतिवादीलाई पक्राउ गरी अदालत पेश गरेको छ । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    हिमाली क्षेत्रका साझा चुनौती सम्बोधन गर्न नेपाल, भुटान र भारतका याकपालक एकजुट
    चितवनमा रु ३० करोडभन्दा बढी खसीको व्यापार
    दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल
    • भोटेकोसी–बुढीगण्डकी बाढी प्रभावितको कनेक्टिभिटी जोड्न प्रदेश सरकार प्रतिबद्ध छः मन्त्री तामाङ
    • क्यान्सर अस्पताल सुधारका लागि अध्ययन समिति
    • जनताको वास्तविक समस्या समाधान गर्न प्रदेश सरकार प्रतिबद्ध छः मन्त्री तामाङ
    • दुर्गन्धित शौचालय र अव्यवस्थित परिसरबारे गुनासोपछि भरतपुर विमानस्थलमा अनुगमन

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.