झापा, ३१ जेठ । राष्ट्रिय समाचार समिति (रासस) का कर्मचारी बलबहादुर पोर्तेललाई पितृशोक परेको छ ।
मेचीनगर नगरपालिका–६ निवासी उहाँका बुबा धनबहादुर विश्वकर्माको आज बिहान ९ः५० बजे मेची आम्दा हस्पिटल धुलाबारीमा ७६ वर्षको उमेरमा निधन भएको हो । स्व धनबहादुरका पत्नी चन्द्रकला विश्वकर्मा, चार छोरा बलबहादुर, हिमाल, पर्वत र दुर्लभ छन् भने तीन छोरी पवित्रा, युगमाया र रोशनी हुनुहुन्छ ।
रासस झापाका कर्मचारी बलबहादुर उहाँको जेठो छोरा हुनुहुन्छ भने साइलो छोरा पर्वत कान्तिपुर दैनिकका झापा समाचारदाता हुनुहुन्छ । पारिवारिक स्रोतका अनुसार दमका बिरामी धनबहादुरलाई स्वास्थ्यमा समस्या आएपछि अस्पताल लगिएको थियो । त्यहाँबाट थप उपचारका लागि मेची अस्पताल भद्रपुर लैजाने तयारी हुँदाहुँदै उहाँको निधन भएको थियो ।