सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

शपिङ कम्प्लेक्स निर्माणको काम अलपत्र


  •    न्युजभित्तो/३१ जेष्ठ २०७८, सोमबार १२:११ 
  • राजविराज, ३१ जेठ । सप्तरीको सदरमुकाम राजविराजस्थित हटिया बजार व्यवस्थित गर्न निर्माण शुरु गरिएको शपिङ कम्पलेक्सको काम अहिले अलपत्र अवस्थामा रहेको पाइएको छ ।

    राजविराज बजारलाई व्यवस्थित गर्नका लागि शुरु गरिएको दुईतले शपिङ कम्प्लेक्स निर्माण गर्न बजेट अभाव रहेको भन्दै करीब पाँच-छ महिनादेखि काम बन्द रहेको राजविराज नगरपालिकाका प्रमुख शम्भुप्रसाद यादवले बताउनुभयो ।

    उहाँले भन्नुभयो, “शहरी विकास मन्त्रालयले राजविराजस्थित हटियामा निर्माण भइरहेको शपिङ कम्प्लेक्स निर्माणका लागि बजेट नदिएको भन्दै बाध्य भएर अहिले सबै काम ठप्प गरिएपछि कामकाज अलपत्र अवस्थामा छ ।” मन्त्रालायबाट बजेट दिएपछि पुनर्निर्माण गर्ने भन्दै अहिले कोरोना महामारीको कारण देखाउँदै निर्माण कम्पनीले समेत भवन निर्माण अवरुद्ध गरेपछि कामकाज ठप्प रहेको उहाँको भनाइ छ । दुई महिनादेखि बन्दाबन्दीका कारण अवरुद्ध रहेको हटिया बजार व्यवस्थित गर्ने निर्माणको काम अहिलेसम्म शुरु गरिएको छैन ।

    नगरपालिकाले वडा नं ७ हटियाको एक बिघा ११ कट्ठा जग्गामा सघन शहरी विकास कार्यक्रमअन्तर्गत पाएको कूल रु ३५ करोडअन्तर्गत रु १९ करोडको लागतमा त्यसलाई व्यवस्थित गर्न दुईतले शपिङ कम्प्लेक्स निर्माणको काम शुरु गरेको थियो । अहिले शहरी विकास मन्त्रालयले समयमा बजेट नदिएकाले अभावमा यहाँको निर्माण अलपत्र अवस्थामा रहेको नगरवासीको भनाइ छ ।

    राजविराज हटिया व्यवस्थित गर्नका लागि कूल ३०८ कोठा रहने गरी दुईतले भवन निर्माण तीन वर्षभित्र गर्नुपर्ने थियो । दुई वर्ष बिते पनि निर्माण कार्य अहिलेसम्म सकिएको छैन । त्यसअनुसार भवन निर्माण डिभिजन कार्यालयमार्फत रसुवा रोशन जेभी निर्माण कम्पनीसँग सम्झौता भई भवन निर्माण कार्य थालिएको थियो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    प्रसूति बिदा आमालाई छ महिना, बुबालाई ४२ दिन दिने प्रस्तावसहितको विधेयक
    अपहरणमा परेको १२ दिनपछि १५ महिने बच्चाको सकुशल उद्धार
    जलवायु परिवर्तनको असर न्यूनीकरण तथा व्यवस्थापनका लागि विश्वसमुदायलाई आह्वान गरिने छ: प्रधानमन्त्री शाह
    • व्यवसाय, समाजसेवा सँगसँगै राजनीतिमा सक्रिय ढकाल
    • ठूला ढुङ्गा पन्छाएर तुइलखोलाको पहिरोमा ‘नेलिङ’ गरिँदै
    • सुदूरपश्चिममा जडीबुटीः न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै
    • समस्यामा मात्रै सम्झिने कान्ति लोकपथ

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.