सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

स्थानीय सरकारको कार्य सञ्चालन तथा व्यवस्थापनमा प्रभावकारिता अभिवृद्धि तालिम सम्पन्न


  •    न्युजभित्तो/३१ जेष्ठ २०७८, सोमबार १०:२३ 
  • नेपालगञ्ज, ३१ जेठ । प्रदेश प्रशिक्षण प्रतिष्ठान नेपालगञ्ज बाँकेको आयोजनामा भर्चुअल विधिमार्फत सञ्चालित पाँच दिने ‘स्थानीय सरकारको कार्य सञ्चालन तथा व्यवस्थापनमा प्रभावकारिता अभिवृद्धि’ विषयक तालिम सम्पन्न भएको छ ।

    लुम्बिनी प्रदेशअन्तर्गत बाँके र बर्दियाका स्थानीय तहहरूमा कार्यरत नयाँ कर्मचारीको पहिलो चरणमा ४२ जनाका लागि तालिम सञ्चालन गरिएको हो ।

    सरकारी सेवामा नवप्रवेशीका रूपमा कार्यरत सहायकस्तर कर्मचारीहरुको क्षमता अभिवृद्धिले कार्यसम्पादनमा सुधार ल्याई स्थानीय तहले प्रवाह गर्ने सेवाहरुमा सकारात्मक परिवर्तन आउने विश्वासका साथ तालिमको आयोजना गरिएको प्रदेश प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक मोतिप्रसाद शर्माले बताउनुभयो । प्रदेश तथा स्थानीय शासन सहयोग कार्यक्रमको सहयोगमा सम्पन्न सो तालिम कार्यक्रममा दिशानिर्देश गर्दै कार्यकारी निर्देशक शर्माले प्रदेश प्रशिक्षण प्रतिष्ठान र स्थानीय तहको क्षमता वृद्धिमा प्रतिष्ठानको भूमिकाको बारेमा पनि प्रष्ट्याउनुभएको थियो ।

    कोभिड–१९ को महामारीका कारण भर्चुअल माध्यमबाट तालिम गर्नुको विकल्प नरहे पनि आगामी दिनमा अझ प्रभावकारी ढङ्गले कार्यक्रम सञ्चालन गरिने उहाँको भनाइ थियो । उहाँले नागरिकको सबै प्रकारका समस्या सम्बोधनको पहिलो संयन्त्र स्थानीय सरकार हुने र नागरिकलाई दिने सेवा प्रभावले पूरै राज्य संयन्त्रले जस वा अपजसको भागीदार हुनुपर्ने हुनाले स्थानीय तहका कर्मचारी सजग हुनुपर्ने बताउनुभयो ।

    यही जेठ २५ गतेदेखि चलेको प्रशिक्षणमा विभिन्न सरकारी तथा गैरसरकारी क्षेत्रमा क्रियाशील, स्थानीय तहका बारेमा राम्रो ज्ञान भएका विषय विज्ञले प्रदेश प्रशिक्षण प्रतिष्ठानले तयार पारेको पाठ्यक्रममा आधारित भएर सत्र चलाइएको सो प्रतिष्ठानका पाठ्यक्रम विकास विज्ञ विष्णु न्यौपानेले जानकारी दिनुभयो । प्रशिक्षणमा सहभागी प्रशिक्षार्थीलाई प्रमाणपत्र र शैक्षिक सामाग्री सम्बन्धित स्थानीय तहमा पुगेर हस्तान्तरण गरिने तालिम संयोजक टेक नारायण ढकालले जानकारी दिनुभयो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    चितवनमा रु ३० करोडभन्दा बढी खसीको व्यापार
    दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल
    भोटेकोसी–बुढीगण्डकी बाढी प्रभावितको कनेक्टिभिटी जोड्न प्रदेश सरकार प्रतिबद्ध छः मन्त्री तामाङ
    • क्यान्सर अस्पताल सुधारका लागि अध्ययन समिति
    • जनताको वास्तविक समस्या समाधान गर्न प्रदेश सरकार प्रतिबद्ध छः मन्त्री तामाङ
    • दुर्गन्धित शौचालय र अव्यवस्थित परिसरबारे गुनासोपछि भरतपुर विमानस्थलमा अनुगमन
    • भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.