सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

श्रीलङ्कामा आन्तरिक यात्रा प्रतिवन्धको समयावधि फेरि थप


  •    न्युजभित्तो/२९ जेष्ठ २०७८, शनिबार १६:२३ 
  • कोलम्बो, २९ जेठ (रासस/सिन्ह्वा) । श्रीलङ्कामा देशभरी लागु गरिएको यात्रा प्रतिवन्धको व्यवस्था अझै केही समय थप गरिएको छ । सरकारी अधिकारीहरुले आगामी जुन २१ सम्म देशभरी आन्तरिक यात्रा गर्न प्रतिवन्ध लगाएको जानकारी दिएका छन् । यसअघि लागु हुँदै आएको प्रतिबन्धात्मक व्यवस्थालाई निरन्तरता दिने विषयमा शुक्रबार निर्णय भएको उनीहरूले बताएका छन् ।

    कोरोनाभाइरसको महामारी अझै पनि नियन्त्रणमा आइनसकेकाले यात्रामा प्रतिवन्ध लगाउनु पर्ने भएको अधिकारीहरुले जनाएका छन् । सरोकारवाला तथा विज्ञहरुसँगको बैठक र सुझावका आधारमा यात्रा प्रतिवन्धको अवधि लम्व्याउने निश्कर्षमा पुगेको श्रीलङ्काका सेना प्रमुख शाभेन्द्र सिल्भाले जानकारी दिनुभयो । राष्ट्रपति र प्रधानमन्त्रीद्वयले पनि यात्रा प्रतिवन्ध लम्ब्याउने कुरामा स्वीकृति दिनुभएको कोरोनाभाइरस महामारी नियन्त्रण तथा व्यवस्थापन केन्द्रका प्रमुखसमेत रहनुभएका प्रधान सेनापति सिल्भाले बताउनुभयो ।

    यसअघि लागु गरिएको यात्रा प्रतिवन्धसम्वन्धी व्यवस्था यही जुन १४ तारिखमा सकिने भएकाले १५ तारिखदेखि लागु हुनेगरी प्रतिबन्धको नयाँ व्यवस्था गरिएको हो । श्रीलङ्कामा कोरोनाभाइरसको महामारीका कारण अहिलेसम्म दुई लाख १८ हजारभन्दा बढी सङ्क्रमित भएका छन् ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    विवाहको उमेर २० वर्षबाट नघटाउन आग्रह
    दुग्धजन्य उद्योगबाट आत्मनिर्भर बन्दै बछ्यौलीका ५० महिला
    बिजुलीको महसुल घटाउने ऊर्जा मन्त्रालयको तयारी
    • नेपाली वैज्ञानिक अमेरिकामा पुरस्कृत
    • चितवन वन कार्यालय द्वारा एक वर्षमा ४५ अजिङ्गर उद्धार
    • खोरसोरमा गोविन्देको त्रास
    • प्रधानमन्त्री शाहसँग भारतका सेनाध्यक्ष सेठको शिष्टाचार भेट

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.