सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

नीति तथा कार्यक्रममाथि सैद्धान्तिक छलफल शुरु


  •    न्युजभित्तो/२८ जेष्ठ २०७८, शुक्रबार १६:०४ 
  • विराटनगर, २८ जेठ ।  प्रदेश नं १ सरकारको आर्थिक वर्ष २०७८-७९ को नीति तथा कार्यक्रममाथि आजदेखि सैद्धान्तिक छलफल शुरु भएको छ । प्रदेश सभाको आठौँ तथा बजेट अधिवेशनको आजको बैठकमा प्रदेश सरकारको वार्षिक नीति तथा कार्यक्रममाथिसैद्धान्तिक छलफल शुरु भएको हो ।

    प्रदेश प्रमुख सोमनाथ अधिकारी‘प्यासी’ले सरकारको नीति तथा कार्यक्रम बिहीबार प्रदेश सभामा प्रस्तुत गर्नुभएको थियो । मुख्यमन्त्री शेरधन राईले बिहीबार नै सभामा सरकारको वार्षिक नीति तथा कार्यक्रम टेबल गर्नुभएको थियो ।

    प्रदेश सभाको बैठकमा आजदेखि शुरु भएको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै सदस्यहरु उमीता विश्वकर्मा, केदार कार्की, धीरेन्द्र शर्मा, प्रतापप्रकाश हाङ्गाम, रामकुमार राई, शिवनारायण गनगाँई, शेखरचन्द्र थापा, सञ्जाकुमारी दनुवार र सूयर्माराज राईले सरकारको नीति तथा कार्यक्रम जनता र जनप्रतिनिधिलाई ढाँट्ने दस्तावेज भएको बताउनुभयो ।

    उहाँहरुले प्रदेश सभा गठन भएको समयमा प्रदेशको आर्थिक वृद्धि दर सात दशमलव चार, त्यसपछि छ दलमलव छ र अहिले तीन दशमलव चार भएपछि कसरी प्रदेश समृद्ध हुन्छ भनी प्रश्न गर्नुभयो ।

    आकर्षक नारा राख्ने र त्यसलाई पूरा गर्न बजेटको व्यवस्था नहुँदा समस्या देखिएको उहाँहरुको भनाइ छ । उहाँहरुले नीति तथा कार्यक्रममा कमिलादेखि हात्तीसम्मको गफ रहेको तर त्यसको पूरा गर्ने खासै योजना र बजेट नदेखिएकाले सरकार यर्थाथपरक बजेट ल्याउनुपर्ने सुझाव दिदैं सरकार सत्य र तथ्यको आधारमा बजेट ल्याउनुपर्नेमा जोड दिनुभयो ।

    अर्का सदस्य विमल कार्कीले सरकारले ल्याएको नीति तथा कार्यक्रम सही छ भन्दै सोच र योजना नबनाई विकासमा फड्को मार्न नसकिने भत्रुभयो । उहाँले विगतमा गैर बजेटरी खर्चले वास्तविक योजनाहरु धरापमा परेकाले अव उप्रान्त कार्यक्रम र योजना बाहेकमा खर्च नगर्न सरकारको ध्यानाकर्षण गराउनुभयो । प्रदेश सभाको अर्को बैठक भोलि शनिबार बिहान ११ः३० मा बस्ने छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    अपहरणमा परेको १२ दिनपछि १५ महिने बच्चाको सकुशल उद्धार
    जलवायु परिवर्तनको असर न्यूनीकरण तथा व्यवस्थापनका लागि विश्वसमुदायलाई आह्वान गरिने छ: प्रधानमन्त्री शाह
    व्यवसाय, समाजसेवा सँगसँगै राजनीतिमा सक्रिय ढकाल
    • ठूला ढुङ्गा पन्छाएर तुइलखोलाको पहिरोमा ‘नेलिङ’ गरिँदै
    • सुदूरपश्चिममा जडीबुटीः न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै
    • समस्यामा मात्रै सम्झिने कान्ति लोकपथ
    • जापानी स्वाददेखि दक्षिण एसियाली परिकारसम्म, भरतपुरमा खुल्यो ‘चित्वन स्पाईसी हर्ब’

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.