सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

प्रधानमन्त्रीले ओलीले बोलाए चिकित्सा शिक्षा आयोगको बैठक बालुवाटारमा


  •    न्युजभित्तो/२८ जेष्ठ २०७८, शुक्रबार ११:३७ 
  • काठमाडौं, २८ जेठ । प्रधानमन्त्री केपी ओलीले चिकित्सा शिक्षा आयोगको बैठक बोलाएका छन्।

    शुक्रबार बिहान ११ बजे प्रधानमन्त्री ओलीले आयोगको बैठक बोलाएको आयोग उपाध्यक्ष श्रीकृष्ण गिरीले बताए।

    यो बैठकमा अरू एजेन्डा नभएका कारण बिएन्डसी प्रस्तावित मेडिकल कलेजको सम्बन्धन प्रक्रिया अघि बढाउने नबढाउनेबारे छलफल हुने दाबी गरिएको छ।

    आयोगको अध्यक्ष प्रधानमन्त्री ओली हुन्। उनले अध्यक्षको हैसियतमा बैठक बोलाएको बताइएको छ।

    आयोगको बैठकले सम्बन्धन अघि बढाउने सम्भावना पनि बलियो रहेको स्रोतले जनाए पनि बैठकको एजेन्डाबारे आयोग पदाधिकारीले बताएका छैनन्।

    यसअघि काठमाडौं विश्वविद्यालयको टोलीले चार सदस्यीय अनुगमन समिति पठाएको थियो। उक्त समितिले बिएन्डसीको भौतिक पूर्वाधारको अवस्था बुझेर प्रारम्भिक रिपोर्ट पेश गरेको थियो।

    आयोगका अनुसार बिएन्डसीले सम्बन्धनका लागि निवेदन दिएको छ।

    ‘आयोगले ऐन कानुन हेरेर सम्बन्धन दिने नदिने निर्णय गर्छ,’ आयोगका प्रवक्ता डिल्ली लुइँटेलले  भने।सम्बन्धनबारे निर्णय र सिट निर्धारण हुनुअघि आयोगको टोली पुनस् बिएन्डसीमा अनुगमनमा जाने बताइएको छ।

    ‘सम्बन्धन अगाडि बढाउने निर्णय भयो र सिट संख्या तोक्नुपर्ने अवस्थामा आयोगको टोली अनुगमनमा जान्छ,’ लुइँटेलले भने।

    विश्वविद्यालयको टोलीले बिएन्डसीको प्रारम्भिक रिपोर्ट दिँदा भौतिक पूर्वाधार तथा हाललाई चाहिने सबै पूर्वाधार तयार भएको उल्लेख गरेको थियो।

    रिपोर्ट दिँदा टोलीले कतिपय कुरा नपुगेको देखाएको थियो। एक सदस्यका अनुसार बिएन्डसीमा अहिले प्राध्यापकहरू भने नियुक्ति गरिएको भेटिएको छैन।

    ‘सम्बन्धनको निर्णय भएपछि प्राध्यापक नियुक्ति गर्दा हुने भएकाले बिएन्डसीको हालको अवस्थामा सम्बन्धन अगाडि बढाउँदा हुने देखिएको छ,’ उनले भने, ‘सिट संख्या तोकेपछि प्राध्यापक नियुक्तिको विषय अगाडि बढ्ने हो, त्यो भए(नभएको सिट संख्या तोक्नुअघि मेडिकल काउन्सिलले अनुगमन गर्छ।’

    बिएन्डसीमा एमबिबिएस पहिलो र दोस्रो वर्षका लागि आवश्यक सबै पूर्वाधार तयार देखिएको उनले बताए।

    तेस्रो र चौथो वर्षका लागि कतिपय पूर्वाधार निर्माण गरिरहेको देखिएको उनले बताए।

    चिकित्सा शिक्षा आयोगले बैठक बोलाइएपछि वरिष्ठ चिकित्सक गोविन्द केसीले ध्यानाकर्षण गराएका छन्।

    बिएन्डसीबारे कुनै निर्णय नगर्न उनले आयोग पदाधिकारीलाई सम्झाएका छन् भने निर्णय भए प्रधानमन्त्री ओलीविरूद्ध सत्याग्रह बस्ने चेतावनी दिएका छन्।

    हेर्नुहोस् टोलीले बुझाएको रिपोर्ट

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    नाटा रनिङ्ग शिल्ड जनप्रियलाई
    विकासका समस्या पहिचान गरी समाधान गर्न मन्त्रालय प्रतिबद्ध छः मन्त्री तामाङ
    राष्ट्रपति भेट्न शीतल निवास पुगे प्रधानमन्त्री बालेन
    • गुणस्तरीय शिक्षा नै मुख्य लक्ष्य हुनुपर्छ : मन्त्री तामाङ
    • राष्ट्रपति पौडेल र रास्वपा सभापति लामिछानेबीच भेट
    • चितवनका ८३ परिवारलाई जग्गाधनी प्रमाणपत्र वितरण
    • विद्यार्थीका गुनासा सुनेर सम्बोधन गर्ने मन्त्री तामाङको प्रतिबद्धता

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.