भरतपुर वडा नं. १० को कार्यालमा पत्रकारमाथि दुव्र्यवहार भएकोप्रति चौतारीको भत्र्सना
न्युजभित्तो/२७ जेष्ठ २०७८, बिहीबार १८:२९
चितवन, २७ जेठ । प्रेस चौतारी नेपाल चितवन शाखाले पत्रकारमाथि भएको दुव्र्यवहारको निन्दा र भत्र्सना गरेको छ । जिल्ला अध्यक्ष सुवास पण्डितले आज बिहीबार एक विज्ञप्ति प्रकाशित गरी घटनाको भत्र्सना गर्नुभएको हो ।
वुधवार दिउँसो भरतपुर महानगरपालिका वडा नं. १० को कार्यालयमा भएको घटनाको समाचार संकलन गर्न पुगेका पत्रकारमाथि भएको दुव्र्यवहारको चौतारीले घोर निन्दा र भत्र्सना गरेको हो । जारी विज्ञप्ति भनिएको छ “सेवा लिन आएका सेवाग्राहीमाथि भरतपुर महानगरपालिकाका प्रवक्तासमेत रहेका वडा नं. १० का अध्यक्ष अरुणपीडित भण्डारीले अभद्र व्यवहार गरेको सम्बन्धमा रिर्पोटिङ्ग गर्न पुगेका पत्रकारहरुलाई कार्यालयभित्र प्रवेश गर्न नदिने, भित्र पसेका पत्रकारहरुलाई बाहिर निकाल्ने, घचेट्ने, क्यामेरा बन्द गर्न दवाव दिने जस्ता काम स्वंय वडाध्यक्ष र प्रहरीबाट भएकोप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ ।”
जिल्ला प्रहरी कार्यालयको गेटै अगाडि रहेको एक सार्वजनिक सेवा प्रदायक कार्यालयमा पत्रकारहरुलाई समाचार संकलन गर्न नदिई अवरोध खडा गर्ने काम प्रेस स्वतन्त्रता विरोधी भएको उल्लेख गर्दै विज्ञप्तिमा अगाडि भनिएको छ “यो कार्य सूचना लुकाउने कुत्सित मनाशयबाट ग्रसित छ भन्ने हाम्रो ठहर हो । यस्तो घटनाको संरक्षण उल्टै प्रहरीबाट हुनु झनै दुःखको कुरा हो ।”
महानगरपालिकाका प्रवक्ता भण्डारीले यसअघि पनि भरतपुर महानगरपालिका कार्यालयमा प्रमुख रेनु दाहालकै अगाडि पत्रकारहरुमाथि दुव्यवहार गरेर पछि माफी मागेको घटना स्मरण गराउँदै विज्ञप्तिमा भनिएको छ “आउँदा दिनमा संविधान पदत्त प्रेस स्वतन्त्रताको हकबाट बञ्चित नगर्न÷नगराउन सम्वन्धित पक्षको ध्यानार्कषण गराउन चाहान्छौं ।”