सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

‘नमस्ते ग्रुप’द्वारा १०५ सुकुम्बासी घरधुरीलाई राहत सामाग्री


  •    न्युजभित्तो/२७ जेष्ठ २०७८, बिहीबार १६:४७ 
  • चितवन, २७ जेठ। चितवनका युवा व्यवसायी तथा पेशाकर्मीको समुह नमस्ते ग्रुपले एकसय पांँच घरधुरीलाई राहत सामाग्री वितरण गरेको छ । भरतपुर महानगरपालिका वडा नम्बर २ स्थित आंँपटारीका सुकुम्बासी वस्तीमा उक्त ग्रुपले आज राहत सामाग्री वितरण गरेको हो । ग्रुपले मागेर पनि खान नसक्ने, असहाय, अपांग, बृद्धबृद्धालाई लक्षित गरी चामल,तेल, नुल , दाल। सोयाविन वितरण गरेको हो । कोरोना कहरको बेला सामाजिक उत्तरदायित्व बहन गर्दै राहत सामाग्री वितरण गरिएको ग्रुपले जानकारी दिएको छ ।

    हस्तान्तरण कार्यक्रमलाई बोल्दै ग्रुपका संयोजक दिपेश श्रेष्ठले शहरको आडैमा रहेर पनि कोराना कहरका बेला हालसम्म यो वस्तीमा कसैको आंँखा नपरेकोले यो वस्तीमा सहयोग गरिएको बताए । ‘बत्ती मुनिको अध्यारो यो वस्तीमा धेरै मानिस भोकै भन्ने हामीले थाहा पायौं उनले भने, उहांँहरुको दैनिक जीवन यापन गर्न केही सहज होस भन्ने हेतुले राहत वितरण गरेका हौं ।’ उनका अनुसार हाल यो वस्तीमा ३०० भन्दा बढी सुकुम्बासी घरधुरी रहेपनि आगामी दिनमा क्रमश अन्य घरधुरीलाई पनि वितरण गर्दै लैजाने बताए । सो क्रममा बोल्दै चेम्बर अफ कमर्स, चितवनका उपाध्यक्ष गोपाल भट्टराईले व्यवसायी आफैमा मर्कामा परेको बेला नमस्ते ग्रुपका सबै साथीबाट स्वेच्छाले रकम संकलन गरी राहत सामाग्री वितरण गरिएको जानकारी दिए । आगामी दिनमा नमस्ते ग्रुपले व्यवसाय संगै सामाजिक सेवाका कार्यलाई पनि निरन्तरता दिदै जाने उनको भनाई छ । चेम्बरका सदस्य रुवीन रामुदामुले यस्ता काममा राज्यलाई सघाउनुपर्ने हरेक नागरिकको दायित्व रहेको भन्दै त्यस्ता वस्तीमा चुल्हो बाल्न सहज होस भन्ने हेतुले राहत सामाग्री वितरण गरिएको बताए ।

    गतसाता मात्र पोल्ट्री व्यवसायी रानाभाटले आफ्नो जन्मदिनको अवसरमा सोही वस्तीका १५ घरधुरीलाई रकम वितरण गरेका थिए । वितरण कार्यक्रममा पोल्ट्री व्यवसायी मनोज रानाभाट, ज्ञानेन्द्र श्रेष्ठ, चेम्बर सदस्य रुवीन रामुदामु लगायत ग्रुपका अन्य सदस्यहरु चिकित्सक, इञ्जिनियर, कानुनी व्यवसायी लगायतको सहभागिता रहेको थियो । नमस्ते ग्रुप ३१ जना विभिन्न उद्योगी व्यवसायी तथा पेशाकर्मीहरुलाई समेटेर स्थापना गरिएको समुह हो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    चितवनमा रु ३० करोडभन्दा बढी खसीको व्यापार
    दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल
    भोटेकोसी–बुढीगण्डकी बाढी प्रभावितको कनेक्टिभिटी जोड्न प्रदेश सरकार प्रतिबद्ध छः मन्त्री तामाङ
    • क्यान्सर अस्पताल सुधारका लागि अध्ययन समिति
    • जनताको वास्तविक समस्या समाधान गर्न प्रदेश सरकार प्रतिबद्ध छः मन्त्री तामाङ
    • दुर्गन्धित शौचालय र अव्यवस्थित परिसरबारे गुनासोपछि भरतपुर विमानस्थलमा अनुगमन
    • भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.