कालिका नगरपालिकाको जुटपानी बजारमा रक्तदान कार्यक्रम सम्पन्न
न्युजभित्तो/२६ जेष्ठ २०७८, बुधबार २०:११
चितवन,२६जेठ । कोरोनाको यस विषम परिस्थितिमा चितवन जिल्लामा देखिन थालेको रगत अभावलाई केही हदसम्म भएनी कम गर्न नेपाल रेडक्रस सोसाइटी उपशाखा जुटपानीको आयोजनामा र हाम्रो दृष्टि राम्रो दृष्टि कालिका नगरपालिकाको सह-आयोजनामा आज जुटपानी बजारमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
उक्त रक्तदान कार्यक्रममा २५ जना पुरुष र ४ जना महिला गरि जम्मा २९जना रक्तदाताहरुले रक्तदान गर्नुभएको हाम्रो दृष्टि राम्रो दृष्टि कालिका नगरपालिका संयोजक पुरुषोत्तम पुडासैनीले जानकारी दिनुभयो ।
सो रक्तदान कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा चितवनले समेत समन्वय गरेको थियो। नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा चितवनका सभापति ज्ञानशाली न्यौपाने प्रमुख अतिथि रहनुभएको सो रक्तदान कार्यक्रम नेपाल रेडक्रस सोसाइटी उपशाखा जुटपानीका सभापति लिलाबहादुर गुरुङको अध्यक्षतामा सम्पन्न भएको हो।