सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

चितवनमा कोरोना संक्रमणबाट आज एकैदिन पाँच जनाको मृत्यु,


  •    न्युजभित्तो/२६ जेष्ठ २०७८, बुधबार १६:४० 
  • चितवन, २६ जेठ । चितवनमा आज एकै दिन पाँच जना कोरोना संक्रमितको निधन भएको छ । स्वास्थ्य कार्यालय चितवनका अनुसार मृतक मध्ये भरतपुर अस्पतालमा २ जना, चितवन मेडिकल कलेजमा १ जना र पुरानो मेडिकल कलेजमा १ जना रहेका छन् । त्यसैगरी विगत २४ घण्टामा चितवनका विभिन्न अस्पतालहरुबाट २७ जना बिरामी डिस्चार्ज भएका छन् । मृतकमध्ये चितवनका २ जना हुन् भने चितवन बाहिरका ३ जना रहेका छन् ।

    स्वास्थ्य कार्यालयका अनुसार चितवन जिल्लाका विभिन्न अस्पतालमा गरेर ३१२ जना बिरामीहरुको उपचार भइरहेको छ । जसमध्ये आईसीयूमा ११७ जना, भेन्टिलेटरमा ३५ जना, एचडीयूमा ५० जना र जेनरल बेडमा १४५ जनाको उपचार भइरहेको छ ।

    चितवनमा विगत २४ घण्टामा ८० जना बिरामी थपिएका छन् । जसमा भरतपुर महानगरपालिकामा ३२ जना, खैरहनी नगरपालिकामा १० जना, माडीमा ६ जना, रत्ननगरमा १६ जना, राप्तीमा १४ जना र कालिकामा २ जना रहेका छन् । यो सँगै चितवनमा आइसोलेसनमा रहेका संक्रिय संक्रमितको संख्या एक हजार ७३० पुगेको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    नाटा रनिङ्ग शिल्ड जनप्रियलाई
    विकासका समस्या पहिचान गरी समाधान गर्न मन्त्रालय प्रतिबद्ध छः मन्त्री तामाङ
    राष्ट्रपति भेट्न शीतल निवास पुगे प्रधानमन्त्री बालेन
    • गुणस्तरीय शिक्षा नै मुख्य लक्ष्य हुनुपर्छ : मन्त्री तामाङ
    • राष्ट्रपति पौडेल र रास्वपा सभापति लामिछानेबीच भेट
    • चितवनका ८३ परिवारलाई जग्गाधनी प्रमाणपत्र वितरण
    • विद्यार्थीका गुनासा सुनेर सम्बोधन गर्ने मन्त्री तामाङको प्रतिबद्धता

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.