सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

भेडासँग जीवन विताएका मनबहादुरको अमेरिका जाने मन


  •    न्युजभित्तो/२६ जेष्ठ २०७८, बुधबार १५:५२ 
  • रमेश केसी

    बझाङ, २६ जेठ । हुम्ला जिल्लाको सिमकोट सेमन्या घर भई करिब ४० वर्षदेखि बझाङको साईपाल गाउँपालिकामा बस्दै आएका मनबहादुर महत अहिले उमेरले ७६ वर्ष पुगे । हातमा चुरोट सल्काउँदै ४० वर्ष अगाडि बझाङ सदरमुकाम चैनपुर सम्झदै उनले भने, “चैनपुरमा औँलामा गन्ने घरहरु थिए ।

    चैनपुरमा पाठा लिएर आउँदा, पाठा देउ जग्गा लेउ भन्थे, के गर्ने त्यो बेला भेडा, बाख्रालाई हामीले ठूला मान्यौ, त्यो बेला वुद्धि भएन, नत्र जग्गासँग पाठा साटेको भए, आधा चैनपुर हुन्थ्यो होला ।” उनका अनुसार त्यतिबेला चैनपुरका धनी भनेकै हरिसाहु थिए । उनका दुई वटा घर थिए । उनलाई एक भेडा रु ५० देखि एक सयसम्ममा बिक्री गथ्र्यौ ।

    लाग्छ त्यतिबेलाको रु एक सय ठूलो थियो । अहिले १ सय ५० भेडा बिक्री गरेपछि १९ देखि २० लाख रुपैयाँ आउँछ, त्यसले पनि केही हुँदैन् । त्यतिबेला गाउँमा स्कुल थिएन । पढ्नु पर्छ भन्ने थाहा पनि भएन । १२ वर्षको उमेरमै भेडासँग हिड्न लागेका हामी दुई दाजुभाई भेडासँगै जिवन विताउन थालेको मनबहादुरले भने, “म हुम्लाबाट बझाङ आउँदा शुरुमा १८ पाठा थिए । हुदाँहुँदै कुनै बेला ११ सय बाख्रा, खसी, भेडाका छुट्टाछुट्टै गोल र आठ-नौ जना ग्वाला (हेर्ने मान्छे), साथमा तीन÷चार वटा कुकुर पनि थिए ।

    धनगढी र महेन्द्रनगर, डडेलधुरालगायतका ठाउँबाट सामान ल्याउँथे । त्यतिखेर यातायातका साधन भनेका नै भेडा, बाख्राहरु थिए ।” खच्चर धेरै समयपछि आएको महतको भनाइ छ । उनले भने, “त्यतिबेलाको जमना थियो । भेडामा सामान हुन्थ्यो । गाउँ नजिकै बाटोमा डेरा बसाल्थ्यौं । गाउँले दाजुभाइहरुले माया गर्थे । अहिले भेडावाला भन्ने वित्तिकै गाली गर्छन । अब त बुढो भयौं, तागत छैन । हिड्दा हिड्दै खुट्टा लट्पटिन्छन ।

    अब सकिदैन, विस्तारै घटाउनु पर्यो ।” हुनत् भेडाकै खर्चबाट छोरा अफितलाई डिग्री पढाएको बताउने उनले छोरा अमेरिका जाँदा रु ९ लाख पठायौं, अहिले छोरा अमेरिकामा नै छ उनको भनाइ छ । “छोराले उतै विवाह गर्यो”। उनले भने, “उ पनि फोन गरेर कहिले काँही भेडा बेचेर घर आउँ भन्छ । घरपरिवार सबैलाई भेडाकै खर्चबाट पालन पोषण गरे । अहिले पनि घरमा ११ जनाको परिवार छ । श्रीमति वितेको भने केही वर्ष भयो । आफ्नो जिन्दगी भने दुःख गर्दै खायो ।

    उहिलेका दुःख सम्झदा छोराछोरीलाई सुख छ, तागत छैन, सम्पति देख्दा माया लाग्छ, मलाई एक भेडा बेच्दा पुगिहाल्यो, आफूलाई नपुग्या छोराछोरीलाई देउ भन्नु, अब एकचोटी मर्नुभन्दा अगाडी अमेरिका घुम्ने मन छ । छोराले पनि अमेरिका लिन्छु भन्या छ । तर क्या अर्नु (के गर्नु ) देशभरी यस्तै छ । मान्छे माहामारीका कारण घान हुन लाग्याका छन (धेरैको संख्यामा मर्न लागेका) । बाँच्या पछि अमेरिका हेर्न जान्या रहर थियो । न तत्र सकियो ।”

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    विवाहको उमेर २० वर्षबाट नघटाउन आग्रह
    दुग्धजन्य उद्योगबाट आत्मनिर्भर बन्दै बछ्यौलीका ५० महिला
    बिजुलीको महसुल घटाउने ऊर्जा मन्त्रालयको तयारी
    • नेपाली वैज्ञानिक अमेरिकामा पुरस्कृत
    • चितवन वन कार्यालय द्वारा एक वर्षमा ४५ अजिङ्गर उद्धार
    • खोरसोरमा गोविन्देको त्रास
    • प्रधानमन्त्री शाहसँग भारतका सेनाध्यक्ष सेठको शिष्टाचार भेट

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.