सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

हर्षवर्धनको खुलासा–‘कट्रिना र विक्की प्रेममा छन्’


  •    न्युजभित्तो/२६ जेष्ठ २०७८, बुधबार १५:३२ 
  • बलिउडमा नायिका कट्रिना कैफ र नायक विक्की कौशलको प्रेम चर्चा चलेको केही समय भयो । केही दिन अगाडि मात्र विक्की कट्रिनाको अपार्टमेन्टमा केही घन्टा बसेका थिए । यसपछि, भारतीय मिडियामा उनीहरुको प्रेम चर्चाले बल पाउन थालेको हो । तर, बलिउडका कुनै कलाकार हुन् या स्वयंम उनीहरुले नै किन नहोस्, प्रेमको खबरलाई पक्का गरेका छैनन् ।

    यसैविच, बलिउड नायक हर्षवर्धन कपुरले कट्रिना र विक्की प्रेममा रहेको खुलासा गरेका छन् । भारतीय मिडियाका अनुसार, एक अन्तरवार्ताका क्रममा हर्षवर्धनले यो कुरा खुलाएका हुन् ।

    एक अन्तरवार्तामा हर्षवर्धनलाई बलिउडका कुन कलाकारको प्रेम सम्बन्धलाई तपाई साँचो वा पीआरको खेल मान्नुहुन्छ भनेर सोधिएको थियो । जसमा हर्षवर्धनले भनेका छन्–‘विक्की र कट्रिना साथमा छन् र यो साँचो कुरा हो । तर, यो कुरा भनेर कतै म समस्यामा त पर्दिनँ नी ?’

    हर्षवर्धनले कट्रिना र विक्कीको प्रेम पीआरको काम नभएको यो साँचो भएको बताएका छन् । योसँगै बलिउडका यी दुई कलाकार प्रेममा रहेको पुष्टी भएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    चितवनको ‘कर्णाली’ राप्तीका बासिन्दाले पाए नागरिकता
    विश्व अण्डा दिवसमा नेपालमा सप्ताहव्यापी कार्यक्रम, असोज २३ गते चितवनमा भव्य कार्यक्रम 
    मौरीपालक किसानका लागि बिमा कम्पनीको सर्तमा समस्या
    • दृष्टिविहीन नागरिकलाई सहयोगको पात्र होइन, अवसर पाए राष्ट्र निर्माणका सक्षम नागरिकका रूपमा हेर्नुपर्छः मन्त्री तामाङ
    • कांग्रेस महाधिवेशन उद्घाटन सत्र सुरु, विभिन्न दलका शीर्ष नेता उपस्थित
    • नेपाल नेत्रज्योति संघ चितवनको २६ औं जिल्ला सभा सम्पन्न
    • दशौँ राष्ट्रिय खेलकुदमा पदक जित्ने बागमतीका खेलाडीलाई प्रदेश सरकारले पुरस्कार दिने

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.